• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

योग दिवसको पूर्वसन्ध्यामा प्रभातफेरी

  •      /६ असार २०७५, बुधबार १०:५२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । चौथो अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा पोखरामा प्रभातफेरी निकालिएको छ । वर्षेनी कार्यक्रम गर्दै आएको पतञ्जली योग समिति, प्रदेश ४ समितिले दिवसको अघिल्लो दिन प्रभातफेरी निकालेको हो । संयुक्त राष्ट्र संघले सन् २०१४ मा विश्वभर जुन २१ तारिखमा दिवस मनाउने निर्णय गरेको थियो ।

    बुधबार बिहान मानवअधिकार चोक चिप्लेढुंगादेखि सुरु भएको प्रभातफेरि न्युरोड, सभागृहचोक, हुँदै सिर्जनाचोक पुगेर टुंगिएको थियो । मंगलबार पत्रकार भेटघाट आयोजना गरी योगको महत्वका बारेमा प्रवचनका साथै त्रिदिवसीय कार्यक्रम सार्वजनिक गरिएको थियो ।

    समितिका अध्यक्ष दिपकराज सिग्देलले दिवसको अवसरमा विहीबार बिहान हुने योगका प्रक्रियाहरु सम्बन्धमा वृहत प्रशिक्षण कार्यक्रमको तयारी पूरा भएको जनाए । सिर्जनाचोक स्थित ह्वाइटहाउस पार्टी प्यालेसमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म कार्यक्रम हुनेछ । स्थान उपलब्ध भएसम्म सबै निःशुल्क रुपमा सहभागी हुनेछन् ।

    समितिका सचिव विश्वमणि तिवारीले कार्यक्रममा सहभागिताका लागि अनुरोध गरे । योगका विभिन्न विधाहरुको माध्यमबाट मानिसको स्वास्थ्यमा शारीरिक, मानसिक र अध्यात्मिक रुपमा सकारात्मक प्रभाव पार्ने योगलाई अवलम्वन गर्न सबैमा अनुरोध गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.