• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरपालिकाको बजेट र योजनावारे सांसदसँग छलफल

  •      /७ असार २०७५, बिहीबार ०६:११ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले आगामी आर्थिक बर्षकोलागि कास्कीका सांसदहरु संग छलफल गरेकोछ। महानगरपालिकाले असार १० गतेदेखि सुरु हुने तेस्रो नगरसभाको पूर्वसन्ध्यामा आयोजित छलफल कार्यक्रममा सुझाब संकलन गरेको हो।महानगरपालिकाले कास्कीका प्रदेश र संघीय सांसदहरुसंग नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने योजनाको बारेमा बुधबार छलफल गरेको हो ।

    महानगरपालिका मेयर मानबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सांसदहरुले स्मार्ट्सिटीको पूर्वाधारलाई प्राथमिकता दिएर नीति, कार्यक्रम, योजना र बजेट बनाउन सुझाव दिएका छन् । उनीहरुले जनताले विकास र सुुशासन चाहेकोले त्यसलाई ध्यानमा राखेर बजेट ल्याउनु पर्ने सुझाव दिए।

    कास्की क्षेत्र नम्बर एक बाट संघीय संसदमा निर्वा्चित सांसद खगराज अधिकारीले विजयपुर खोलामा पुलहरु थप्नुपर्ने र चौडाइ ४ लेनको बनाउनेतर्फ महानगरको ध्यानाकर्षण गराएका छन् । बाइपास सडक बनाएर पोखराको ट्राफिक जामलाई घटाउने योजना महानगरपालिकाले ल्याउनुपर्ने उनको भनाइ छ ।

    ‘पोखरामा पर्यटन विश्वविद्यालयको खाँचो छ,’ अधिकारीले भने,‘ ताल संरक्षणको साथै महानगरका सबै वडालाई जोड्ने सडक सञ्जाल विस्तारमा विशेष ध्यानदिनु पर्छ ।’

    प्रदेश सभाका सांसद कृष्ण थापाले चुनावी घोषणपत्रमा समेटिएका योजनालाई पूरा गर्ने गरी बजेट ल्याउनुपर्ने बताए । ‘पोखराका डाँडाकाँडालाई ग्रीन सेटेलाइट सिटी बनाउनुपर्छ,’ थापाले भने,‘ समग्र पोखराको विकासको गुरु योजनालाई बनाएर अगाडि बढेमात्र स्मार्ट्सिटी बन्न सक्छ ।’

    सांसद विन्दुकुमार थापाले पोखराले भु उपयोग र जल उपयोग नीति ल्याउनुपर्ने बताए । सार्वजनिक जग्गाको संरक्षण, सुकुम्बासी समस्या समाधान, करदाता मैत्री सुशासन लगायत समग्र पोखराको गुरुयोजना बनाउनुपर्ने बताए ।

    सांसद दीपक कोइरालाले साविकको लेखनाथ नगरपालिकाका बासिन्दालाई महानगरको अनुभूति हुनेगरी योजना बनाउनुपर्ने बताए । ‘तालहरुको संरक्षणको लागि गुुरु योजना आवश्यक छ,’ कोइरालाले भने, ‘जनताको जीवनस्तर परिर्वतन हुने गरी बजेट ल्याउनुपर्छ ।’

    अर्का सांसद राजीव पहारीले जनताले सुशासन र विकास चाहेकोले त्यसलाई ध्यानमा राखेर सन्तुलित विकास गर्नुपर्ने बताए । उनले चाक्ला सडक र पार्किङ स्टेसन बनाउन पनि महानगरलाई सुझाव दिए ।

    अर्का सांसद मनबहादुर गुरुङले विजयपुरको किनारै÷किनार सडक बनाउनु पर्ने बताए ।उनले पोखरादेखि २ घण्टाको यात्रामा हिउँ छुन सकिने ठाउँहरु भएकाले तिनीहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताए ।

    सांसद रामजी बराल जीवनले सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए । ‘जनताको घरमा बोरामा फोहोर कुहाएर राख्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने उनको जोड छ । २४ सै घण्टा धारामा पानी आउने गरी योजना बनाएर काम गर्न उनले सुझाव दिए ।सांसद मित्रकुमारी गुरुङ सुवेदीले खानेपानी व्यवस्थापनलाई र महिला कानुनी परामर्शलाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताइन् ।

    सांसद गायत्री गुरुङले एतिहासिक कोटहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताइन् । सांसद पुष्पा केसी भण्डारीले बजारलाई सफा राख्नको लागि प्लास्टिकको विकल्प खोज्नुपर्ने बताइन् ।

    पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले विभिन्न ५ वटा समिति बनाएर नीति, कार्यक्रम र बजेट निर्माणको काम भइरहेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.