शुभेच्छा न्यूज
पोखरा, ७ असार । पोखरामा बिशेष कार्यक्रमको आयोजनागरी चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाईएको छ । पतञ्जली योग प्रदेश ४ समितिले त्रिदिवसीय कार्यक्रम अन्तगर्त योग दिवसका अवसरमा वृहत प्रशिक्षण कार्यक्रमको आयोजना गरि मनाएको हो। कार्यक्रम सिर्जनाचोक स्थित ह्वाइटहाउस पार्टी प्यालेसमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म योग सञ्चालन भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले योग मानव स्वास्थ्यका लागि अत्यन्त आवश्यक रहेको बताए । उनले व्यस्त दैनिकीका बीच पनि आफ्नो स्वास्थ्यका लागि समय छुट्याउन आवश्यक रहेको बताउँदै स्वस्थ जनशक्तिले मात्र मुलुक समृद्धि हुने बताए ।
सो अवरमा आन्तरिक राजश्व कार्यालय पोखराका केशव उप्रेति, प्रदेश सांसद मीना गुरुङ लगायतको उपस्थिति थियो । संयुक्त राष्ट्र संघले सन् २०१४ मा विश्वभर जुन २१ तारिखमा योग दिवस मनाउने निर्णयपछि विभिन्न कार्यक्रम गर्दै दिवस मनाउँदै आएको छ ।
मंगलबार पत्रकार सम्मेलन तथा बुधबार प्रभातफेरि आयोजना गरिएको थियो । योग प्रशिक्षक रश्मी अधिकारी भण्डारीले कार्यक्रममा उत्साहजनक सहभागिता रहेको जानकारी दिईन् ।
प्रदेश समितिका अध्यक्ष दिपकराज सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कास्की समितिका अध्यक्ष परमेश्वर दाहालले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव विश्वमणि तिवारीले गरेका थिए ।

Related