नाइजेरियन मुसाको दुई गोल मद्दतमा आइसल्याण्ड पराजित
/९ असार २०७५, शनिबार ०३:३९ , प्रकाशीत
अहेमेद मुसाले दोस्रो हाफमा दुई गोल गरेपछि नाइजेरियाले रसिया विश्वकपमा आइसल्याण्डलाई २-० ले पराजित गर्दै पहिलो जित निकालेको छ।
पहिलो खेलमा क्रोएसियासँग पराजित नाइजेरियालाई जित दिलाउन मुसाले ४९औँ र ७५औँ मिनेटमा गोल गरे।
समूह डी मा जितपछि नाइजेरियाले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ। यसले एक खेल बराबरी र एक खेलमा हारको नतिजा निकालेको अर्जेन्टिनाको पनि अन्तिम १६ पुग्ने सम्भावना कायम छ।
उता पहिलो खेलमा अर्जेन्टिनालाई बराबरीमा रोकेको आइसल्याण्ड दोस्रो खेलमा भने गोल गर्न असफल रह्यो। २-० ले पछि परेको अवस्थामा भिआरको सहयोगमा पेनाल्टी हान्ने अवसर पाएपनी गिल्फी सिगुरसनले त्यसलाई गोलमा परिणत गर्न सकेनन्। उनको प्रहार बारमाथिबाट गएको थियो।
पहिलो खेलमा मेसीको पेनाल्टी रोकेर चर्चा बटुलेका आइसल्याण्डका गोलकिपर हाल्डेरसनले दोस्रो खेलमा २ गोल बेहोरे भने सगुरन पेनाल्टीमै गोल गर्न असफल रहे।

Related