कुनैपनि हालतमा पोखरा विमानस्थल निर्माण रोकिँदैनः मन्त्री अधिकारी
/११ असार २०७५, सोमबार ११:०२ , प्रकाशीत
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य कुनै पनि हालतमा नरोकिने बताएका छन् ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर कास्की शाखाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विज्ञ समूहबाट सो विमानस्थलका सम्बन्धमा आएका सुझाव निर्माण नै रोक्ने गरी नआएको स्पष्ट पारे ।
एकसय असी सिट क्षमताका जहाजसम्म आउन सक्ने सो विमानस्थलको निर्माण कार्य सन् २०२१ मा सम्पन्न हुने बताउँदै मन्त्री अधिकारीले निर्माणकै लागि यसै आर्थिक वर्षको बजेटमा रू. ११ अर्ब छुट्याइएको जानकारी दिए ।
मन्त्रालयमा आफूले नेतृत्व सम्हालेको १०० दिनको अवधिमा विभिन्न सम्पदा पुनःनिर्माणका साथै विमानस्थलको निर्माण एवं सञ्चालनका क्षेत्रमा धेरै काम भइरहेको र पोखरा आउने पर्यटकका लागि स्तरीय जहाजसँगै स्तरीय पर्यटक आउने अवस्था सिर्जना गरिने जानकारी मन्त्री अधिकारीले दिए।
उनले प्रदेशको समृद्धि र विकासका लागि पोखरालाई केन्द्र बनाएर सातओटै प्रदेशमा जहाज पुग्ने अवस्था सिर्जना गरिने बताए ।
सरकारले पाँच वर्षे कार्ययोजना यो महीनाभर ल्याउने तयारी गरेको भन्दै मन्त्री अधिकारीले अन्तरराष्ट्रिय विमानस्थल २१ घण्टासम्म चलाउने कार्यमा सफलता प्राप्त भइसकेकाले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी तयारी भइरहेको बताए ।

Related