• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको प्राकृतिक सुन्दरताको संरक्षण गर्दै धेरै पर्यटक भित्राउन भाजपा नेताको सुझाव

  •      /११ असार २०७५, सोमबार १२:११ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । भारतीय जनता पार्टी उत्तर प्रदेशका प्रबक्ता राकेश त्रिपाठीले पोखराको प्राकृतिक सुन्दरतालाई संरक्षण गर्दै बढी भन्दा बढी पर्यटक तान्न पर्यटन मैत्री पूर्वाधार निर्माणका लागि सुझाव दिएका छन् । पोखराका चार दिने निजी भ्रमणको क्रममा आएका त्रिपाठीले फेवा ताल, गुप्तेश्वर गुफा लगायत अन्य पर्यटकीय स्थलको सुन्दरताबाट आफू प्रभावित भएको बताए ।

    पश्चिमाञ्चल होटल संघ पोखराले क्षेत्रीय पर्यटन प्रबद्र्धन अभियान अन्तर्गत विगत केही वर्ष यता उत्तर भारतका विभिन्न शहरमा चलिए पोखरा अभिायन संचालन गर्दै आएको सन्दर्भमा प्रबक्ता त्रिपाठीसँग सोमबार एक छलफल कार्यक्रम आयोजना गरेको थियो ।

    प्रबक्ता त्रिपाठीले भारतको लखनउबाट आफू पोखरा आउँदा सिमापार आएजस्तो अनुभव नै नभएको र आफ्नै घरमा रहे जस्तो अनुभव भएको बताए।
    नेपालसँग भारतको सामाजिक र सांस्कृतिक सम्बन्ध निकै निकटको रहेको भन्दै पोखरा र समग्र नेपाललाई भारतमा प्रबद्र्धनका लागि आफू र आफ्नो दलले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि त्रिपाठीले जनाए ।

    पोखरामा विभिन्न देशका पर्यटक आउने सन्दर्भ सम्झाउँदै उनले एक देशका पर्यटकका गतिविधिले अन्य देशको राष्ट्रियतामा आँच नआओस् भन्ने विषयमा व्यवसायीले ख्याल गर्नुपर्ने सुझाव उनले दिए । पर्यटकका लागि सडक र बाटो प्रमुख पक्ष भएकोे सम्झाउँदै उनले नेपाल र भारतको सिमा क्षेत्रमा दुबै तर्फ सडकको सुधार कार्य अगाडि बढ्दै गरेको आफूले पाएकोे बताए ।

    सो अवसरमा बोल्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले पोखराको पर्यटकीय विकासका लागि महानगरले पर्यटन मैत्री पूर्वाधार निर्माण गर्नेतर्फ अग्रसरता बढाएको बताए । पोखराको सुन्दरबाट धेरै पर्यटक प्रभावित हुने गरेको सन्दर्भ केलाउँदै उनले यो शहरको भ्रमण नगरे जीवनमा धेरै कुरा छुटेजस्तो अनुभव हुने दाबी समेत गरे । सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा सफल बनाउने तर्फ समेत आफूहरु सचेत रहेको प्रमुख जिसीले बताए ।

    पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले भारतमा पोखरालाई प्रबद्र्धन गर्ने उद्धेश्य अन्तर्गत नै उक्त छलफल कार्यक्रम आयोजना गरिएको बताए । चलिए पोखराको आगामी श्रृंखलाको तयारीको रुपमा समेत सो कार्यक्रमलाई बुझ्न सकिने उनले सुनाए । भारतका केही शहरहरुलाई लक्षित गरी चलिए पोखरा अभियान पुनः सुरु गरिने जानकारी पनि उनले दिए ।

    पछिल्लो पटक गत बर्ष असार १६ बाट २० गतेसम्म विहारको पटना, उत्तर प्रदेशको लखनउ र गोरखपुरमा संघले चलिए पोखरा अभियान संचालन गरेको थियो ।

    भारतको चर्को गर्मी छल्न पनि अहिलेको मौसम पोखरा भ्रमणका लागि उपयुक्त रहेको व्यवसायी बताउँछन् । अन्य देशको तुलनामा अहिले पोखरा भ्रमण गर्ने भारतीय पर्यटकको संख्या अधिक रहेको छ । सन् २०१७ मा नेपालमा ९ लाख ४० हजार विदेशी पर्यटक भित्रिएका मध्ये १ लाख ६० हजार ८ सय ३२ भारतीयको संख्या रहेको नेपाल पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.