• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तनहुँको बरादीमा बसले भ्यान र मोटरसाइकललाई ठक्‍कर दिँदा ४ को मृत्यु

  •      /१२ असार २०७५, मंगलवार १५:४५ ,  प्रकाशीत
  • दमौली ।पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्र्तगत आँबुखैरेनी गाउँपालिका वडा नं १ बरादीमा बसले कार र मोटर साइकललाई ठक्कर दिदाँ चार जनाको ज्यान गएको छ ।

    इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक सन्तोष रोक्काले दिएको जानकारी अनुसार आँबुखैरनीबाट दमौली तर्फ आउँदै गरेको ग १ ख ३०७३ नम्बरको बसले विपरित दिशाबाट जादै गरेको बा १७ च १८१४ नम्बरको कार र मोटरसाइकललाई ठक्कर दिदाँ ४ जनाको ज्यान गएको हो । प्रहरी निरिक्षक रोक्का अनुसार कारमा यात्रारत पर्वतका २५ बर्षिय कमल लामिछाने र उनकी २ बर्षिय छोरी ममता लामिछाने रहेका छन् ।

    त्यसैगरी बसको ठक्करबाट मोटरसाइकलमा यात्रारता आँबुखैरेनी गाउँपालिका वडा नं ४ का नुन बहादुर खवास र दिलबहादुर मगरको समेत मृत्यु भएको छ । त्यस्तै सो र्दुघटनामा परी अन्य ५ जना घाइते भएका छन् ।घाइेत मध्ये २ जनाको स्थानीय अस्पताल र अन्यका पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

    तीब्र गतिमा आएको बसले अनियन्त्रित भई कार र मोटरसाइकललाई ठक्कर दिएका थियो ।त्यसक्रममा बस राजमार्गमा नै पल्टिएको थियो ।क्रेन मगाएर बस राजमार्गबाट उठाइएको प्रहरी निरिक्षक रोक्काले बताए ।

    यता दुर्घटनाको जानकारी पाए लगत्तै प्रहरी परिचालन गरी घाइतेहरुको उद्धार गरिएको तनहुँका प्रहरी प्रवक्ता एवं डिएसपी सुनिल मल्लले बताए । यस घटनाका विषयमा थप अनुसन्धान भई रहेको समेत मल्लले बताए ।

    setimadi daily

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.