काठमाडौः प्रहरीले सामाजिक सञ्जालको प्रयोग गर्दा संयमता अपनाउन अनुरोध गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाले बुधवार सूचना जारी गर्दै सामाजिक सञ्जालको दुरुपयोग नगर्ने अपिल गरेको हो।
महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘विगत केही समय देखि सामाजिक सञ्जालको दुरुपयोग गरी अपरिचित व्यक्तिहरूले पठाएको फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्ने लगायतका सामाजिक सञ्जालमा रहेका फोटोहरू तानी त्यस्ता फोटोहरू बिगारी, अश्लील बनाई पोस्ट गरी इज्जत प्रतिष्ठामा आँच पुर्याउने, अश्लील भिडियोहरू बनाई पठाउने, शेयर गर्ने, व्यक्ति गरेका तसर्थ सामाजिक सञ्जालको दुरुपयोग गरिएको छ।’
महाशाखा हिजोआज साइबर अपराध सम्वन्धी दैनिक ३ देखि ४ वटा उजुरी आउने गरेको महाशाखाका एसपी नरेन्द्र उप्रेतिले जानकारी दिए।
विद्युतीय स्वरूपमा गैह्रकानूनी कुरा प्रकाशन गर्नेलाई विद्युतीय कारोबार (ईलेक्ट्निक) कारोबार ऐन, २०६३ अनुसार दुई लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ।

Related