पोखरा । कृषकहरुको उत्सवकोरुपमा रहेको असार १५ अर्थात धान दिवसको अबसरमा पोखरामा रोपाई महोत्सव भब्यरुपमा मनाईएकोछ। पोखरा पर्यटन परिषदले विगत १५ वर्षदेखि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रोपाई महोत्सव गदै आएको छ । शुक्रबार पोखराको पर्यटकीय क्षेत्र पामेमा आयोजना गरिएको महोत्सवमा आन्तरिक तथा बाह्यि पर्यटक रमाएका हुन् ।
पर्यटक सबै मौषमका लागि भन्ने नारा सहित कृषि पर्यटन प्रबद्र्धन गर्ने उदेस्यले आयोजना गरिएको रोपाई महोत्सबमा स्वदेशी सहित विदेशी पर्यटकहरु सहभागि भएर हिलो खेलेर मनाएका हुन्।
परिषद्ले आयोजना गरेको महोत्सबमा एक अर्कालाई हिलो छ्यापाछ्याप गरी रोपाइ महोत्सव मनाइएको हो। रोपाई महोत्सवमा हिलो खल्ने विभिन्न देशका पर्यटकलाई तछाड्मछाड् गरेको दृष्य निकै रोचक थियो ।
महोत्सव प्रत्येक वर्ष फरक–फरक ठाउँमा गरिदै आएको पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले बताए। नेपाली किसानका लागी मानो रोपेर मुरी उब्जाउने चटारो भएपनि नेपाली संस्कृतिका बारेमा पर्यटकलाई जानकारी गराउदै पर्यटन प्रवद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष शर्माले बताए।
महोत्सवमा खेतको आलीमा बसेका बाउसे र रोपाहारको गीत संगै हिलो छ्यापाछ्पको दृष्यले मग्न हुदैँ पर्यटकहरु पनि हिलो खेलेर मनोरञ्जन लिएका थिए। विगतका महोत्सवमा भन्दा यस बर्ष विदेशी पर्यटकको संख्या उल्लेख्य रहेको आयोजले दावी गरेकोछ।

Related