• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बिश्वकपमा फ्रान्सद्धारा अर्जेन्टिनालाई ४-३ ले पराजित

  •      /१७ असार २०७५, आईतवार ०३:०६ ,  प्रकाशीत
  • फ्रान्सेली स्ट्राइकर एमबाप्पेको दुई गोलको मद्दतले एक गोलको अन्तरले अर्जेन्टिनालाई घर फर्काउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ जहाँ उसको भिडन्त उरुग्वे र पोर्चुगलमध्ये एकसित हुनेछ।गोलको वर्षा भएको कजानको मैदानमा फ्रान्सले ४ र अर्जेन्टिनाले ३ गोल गर्‍यो।

    ग्रिजम्यानले पेनाल्टीबाट गोल गरी अग्रता लिएका थिए। तर अर्जेन्टिना मध्यान्तर हुनुभन्दा चार मिनेटअघि डि मारियाको शानदार गोलबाट बराबरी गर्न सफल भयो। उनले ३५ यार्ड परबाट बायाँ खुट्टाले प्रहार गरेको बलले पोस्ट भित्र प्रवेश गरेपछि अर्जेन्टिना खेलमा फर्किएको थियो।

    मध्यान्तरसम्म खेल १-१ को बराबरीमा थियो। मध्यान्तर लगत्तै ग्याब्रियल मर्काडोले गोल गरी अर्जेन्टिनालाई अग्रता दिलाए। मेस्सीले हानेको सटमा मर्काडोले चिप गरी गोल गरेका थिए। अर्जेन्टिनाको अग्रता नौ मिनेटसम्म मात्र कायम रह्यो।

    ५७ औँ मिनेटमा फ्रान्समा अर्का डिफेन्डर पाभार्डले गोल गरी बराबरी गरे। उनले पोस्टको माथिल्लो छेउ च्यापेर हानेको बल अर्जेन्टिनी गोलकिपरले छेक्नै सकेनन्।

    त्यसपछि चार मिनेटमा दुई गोल गरी एमबाप्पेले फ्रान्सको जित सुनिश्चित गराए। उनले ६४ औँ र ६८ औँ मिनेटमा गरेको गोल दर्शनीय थियो।तर अर्जेन्टिनाले अन्तिम समयसम्म संघर्ष जारी राख्यो। चार मिनेट थपिएको इन्जुरी टाइममा तेस्रो मिनेटमा सेर्गियो अगुएरोले गोल गरी अर्जेन्टिनाको गोल अन्तर घटाए पनि बराबरी गरी एक्स्ट्रा टाइममा खेल धकेल्न भने असफल भयो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.