कृष्ण अन्जान ज्ञवाली पोखरा, १७ असार । प्रदेश ४ को राजधानीको नाम सम्बन्धमा आइतबार प्रदेश सभा छलफल शुरु भएको छ । प्रदेश सभाको बैठकमा असार १० गते टेबुल भएको प्रस्ताबमा आजबाट छलफल भएको हो ।
जेठ २१ गते सभा समक्ष प्रस्तुत भएको प्रदेश राजधानी तथा नामाकंन विषय समितिको प्रतिवेदन सांसद विन्दुकुमार थापाले टेवुल गरेका थिए ।आजको बैठकमा प्रदेशको राजधानी पोखरा बनाइयो भन्ने प्रस्ताब एमाले सांसद कृष्ण बहादुर थापाले प्रेस गरेको प्रस्तावमाथि छलफलमा एमालेका सांसद मायानाथ अधिकारीले प्रदेश चारको राजधानी एकल प्रस्ताब आएका कारण पनि स्वत पोखरा राजधानी हुने बताए ।
छलफलमा भाग लिंदै नेकपाका सभासद दिपक कोइरालाले निर्विकल्प होइन पोखरा निर्विवाद राजधानी भएको वताए ।सभासद राजिव पहारीले पोखरा प्रदेशको राजधानी भएपनि यसलाइ सुन्दर र सफा शहरका लागि सवैको पहलमा जोड दिए ।
नेपाली काग्रेसका सांसद विष्णु प्रसाद लामिछानेले पोखरा ११ जिल्ला केन्द्र भएका कराण पनि राजधानी हुन उपयुक्त भएको बताए ।आजको वैठकमा वोल्ने सत्ता पक्ष र प्रतिपक्षका सवै सभासद हरुले प्रदेश नं ४ को राजधानी पोखरा हुनुपर्छ भन्ने विषयमा एकमत राखेका थिए ,।
कृष्ण अन्जान ज्ञवाली
पोखरा, १७ असार । प्रदेश ४ को राजधानीको नाम सम्बन्धमा आइतबार प्रदेश सभा छलफल शुरु भएको छ । प्रदेश सभाको बैठकमा असार १० गते टेबुल भएको प्रस्ताबमा आजबाट छलफल भएको हो ।

Related