• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश ४ को नाममा कम्युनिष्ट पार्टी भित्रै बिवाद ,उपयुक्त निर्णय लिनसकेन

  •      /१९ असार २०७५, मंगलवार १०:१२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा /प्रदेश ४ को नाम के राख्ने भन्ने बिषयमा नेपाल कम्युनिष्ट पार्टीमा सहमति नजुटेपछि मंगलबारको संसद बैठक स्थगीत भएको छ । गएको असार १० गते नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले उपयुक्त विकल्प सहितको प्रतिवेदन सदनमा टेवुल गरेका थिए ।

    सोमवार प्रदेश राजधानी पोखरा कायम गरेको प्रदेश सभामा मंगलवार प्रदेशको नाम सम्वन्धि छलफल हुने वताईएको थियो ।प्रदेश नामकरणको सम्वन्धमा संसदको सवैभन्दा ठूलो दल नेकपा भित्र सहमति वन्न नसक्दा संसद वैठक २१ गतेसम्मको लागि स्थगित भएको हो । संसदको कार्यव्यवस्था परामर्श समितिको वैठकमा वैठक स्थगित गर्ने सहमति भएको थियो ।

    नेकपा भित्र प्रदेशको नाम गण्डकी राख्ने कि गण्डकी तमुवान राख्ने भन्नेमा वहस चलिरहेको छ । शनिवार ५ घण्टा चलेको नेकपा संसदिय दलको वैठक मंगलवार पुन वसेपनि ठोस निर्णय गर्न सकेन ।

    नामको बिषयमा अब २१ गते मात्रै छलफल चल्नेछ । यसका लागि अन्य दलले आफ्ना धारणा दिईसकेका छन् । तर नेकपाबीचमा के नाम पठाउने भन्ने टुंगिएको छैन । यसअघि एमालेले गण्डकी प्रदेश राख्न सिफारिस गरेको थियो । माओवादीले कुनैपनि सुझाव दिएन ।

    नेकपाकै संसदीय बैठकमा पनि सांसदहरुले फरक मत राखेको बुझिएको छ। केहीले गण्डकी तमुवान राख्ने प्रश्ताव अघि सारेपनि केहीले  त्यसको विरोध गरेको र गण्डकी नाम राख्नुपर्नेमा जोड दिएका छन् ।

    अरु पार्टीले गण्डकी उपयुक्त हुने सुझाव पेश गरेका छन् । नयाँ शक्तिले गण्डकीलाई दोश्रो प्राथमिकतामा राखेको छ । पहिलो प्राथमिकतामा गण्डकी तमुवान नै छ । जनमोर्चा र नेपाली काँग्रेसले गण्डकी सबैको साझा अपनत्वको नाम हुने उल्लेख गरेको छ ।

    सुझाव संकलन समितिले पनि गण्डकीमा अधिक जनताको प्राथमिकता परेको प्रतिवेदन बनाएको छ । दोश्रोमा तमुवान मगरात र तेश्रोमा गोरखा प्रदेश राख्ने सुझाव समितिको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.