प्रदेश ४ का सांसदहरु आफ्नै दुनो सोझाउने ध्याउन्नेमा, सतप्रतिशत बढाए बैठक भत्ता
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । प्रदेश ४ का सांसदको संसद छिरेको बर्षदिन नहुदै भत्ता बढेको छ । जनताको विकास र समृद्धीको चाहनालाई कुठाराघात गर्दै बर्ष दिनमै आफ्नै सेवा सुविधा र भत्ता बृद्धीको माग गरेपछि बुधबारको मन्त्रीपरिषद् बैठकले सबै सांसदको भत्ता बढाउने निर्णय गरेको हो ।
उनीहरुलाई यसअघि बैठक भत्ता स्वरुप ७ सय ५० रुपैयाँमा यातायात खर्च समेत ७ सय ५० रुपैयाँ थप गरिएको हो ।सांसदले प्रदेश सभा बैठकमा उपस्थित भएपछि अब दोब्बर भत्ता पाउने भएका छन् ।
यसअघि चैत ३० गते बसेको प्रदेशसभा बैठकले सांसदको भत्तासहित तलब सुविधा तोकेको थियो । सांसदले ४५ हजार तलब लिँदै आएका छन् भने अन्य पदाधिकारीको तलव फरक छ । बैठकले प्रमुख प्रतिपक्षी दलका नेतालाई घरभाडाका रुपमा प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रतिपक्षी नेतालाई ५० हजार रुपैयाँ तलब र सवारी साधन, सञ्चार, निजी सचिवालय बन्दोबस्ती, इन्धन, बिलअनुसारको धारा, बिजुलीको रकम, भ्रमण भत्ता, अतिथि सत्कार लगायतका सुविधा दिईँदै आईएको छ ।
मन्त्रिपरिषदको बैठकले प्रदेश सभाका सांसदलाई गम्भीर खालको विरामी पर्दा आर्थिक सहयोग गर्न मापदण्ड, कार्य्विधि निर्माण गर्न र सरकारलाई सिफरिस गर्ने गरी समिति गठन गरिएको छ ।
Related