शुभेच्छा न्यूज पोखरा । अमेरिकाको राजधानीमा एक नेपालीको हत्या भएको छ । अमेरिकाको सुरक्षित क्षेत्र मानिएको भर्जि्नियामा गोरखा जिल्लाको केराबारी स्थायी घर भएका रेशम बजगाईंको हत्या भएको हो। भर्जि्नियाको हरन्डनस्थित फ्रेकलिन फार्मको ग्यास स्टेशनमा काम गरिरहेको अबस्थामा बुधबार बिहान सवा १ बजे उनीमाथि लुटेराहरुले आक्रमण गरेका थिए ।
आगो निभाउने उपकरण (फायर एक्सटिनगुईसर) ले टाउकोमा हिर्काउँदा उनको घटनास्थलमै ज्यान गएको फेयर फ्याक्स प्रहरीले जनाएको छ । तत्काल प्रहरीले अस्पताल लगेपनि उनलाई तत्कालै मृत घोषित गरिएको थियो । करिब ९ महिना पहिले उनी श्रीमती सहित अमेरिका पुगेका थिए।
अमेरिकामा अत्यन्त जोखिम मानीने ग्यासन स्टेसनमा उनले हप्ताको एक दिनमात्रै काम गर्दै आएको मृतकका आफन्त ठाकुर ढकालले जानकारी दिए । अकल्पनीय घटनापछि सिंगो नेपाली समुदाय स्तब्ध भएको छ ।
भर्जि्नियास्थित संचारकर्मी गुणराज लुँइटेलका अनुसार, ४० बर्षीय बजगाईं नौ महिनाअघि मात्रै नेपालबाट अमेरिका पुगेका थिए । श्रीमतीलाई डिभी परेका कारण बजगाईं अमेरिका गएका हुन् । श्रीमती र पाँच बर्षकी छोरी ४ बर्षअघि अमेरिका आए पनि उनी अमेरिक पछि गएका थिए।
गोरखाको केराबारीबाट भरतपुर सरेका बजगाईं १० बर्षसम्म खाडी मुलुक कतारमा बसेर काम गरेका थिए । कतारबाट नेपाल फर्केको ३ बर्षपछि उनी गत बर्ष सेप्टेम्बर २०१७ मा अमेरिका पुगेको थिए।
प्रहरीले घटनामा संलग्न चार जनामध्ये ३ जनालाई पक्राउ गरेको जनाएको छ । मुख्य अभियुक्त भने अझै फरार रहेको बताइएको छ ।
उनको निवासमा समवेदनाका लागि नेपाली समुदायको भीड लागेको छ ।
शुभेच्छा न्यूज
पोखरा । अमेरिकाको राजधानीमा एक नेपालीको हत्या भएको छ । अमेरिकाको सुरक्षित क्षेत्र मानिएको भर्जि्नियामा गोरखा जिल्लाको केराबारी स्थायी घर भएका रेशम बजगाईंको हत्या भएको हो। भर्जि्नियाको हरन्डनस्थित फ्रेकलिन फार्मको ग्यास स्टेशनमा काम गरिरहेको अबस्थामा बुधबार बिहान सवा १ बजे उनीमाथि लुटेराहरुले आक्रमण गरेका थिए ।
आगो निभाउने उपकरण (फायर एक्सटिनगुईसर) ले टाउकोमा हिर्काउँदा उनको घटनास्थलमै ज्यान गएको फेयर फ्याक्स प्रहरीले जनाएको छ । तत्काल प्रहरीले अस्पताल लगेपनि उनलाई तत्कालै मृत घोषित गरिएको थियो । करिब ९ महिना पहिले उनी श्रीमती सहित अमेरिका पुगेका थिए।
अमेरिकामा अत्यन्त जोखिम मानीने ग्यासन स्टेसनमा उनले हप्ताको एक दिनमात्रै काम गर्दै आएको मृतकका आफन्त ठाकुर ढकालले जानकारी दिए । अकल्पनीय घटनापछि सिंगो नेपाली समुदाय स्तब्ध भएको छ ।
भर्जि्नियास्थित संचारकर्मी गुणराज लुँइटेलका अनुसार, ४० बर्षीय बजगाईं नौ महिनाअघि मात्रै नेपालबाट अमेरिका पुगेका थिए । श्रीमतीलाई डिभी परेका कारण बजगाईं अमेरिका गएका हुन् । श्रीमती र पाँच बर्षकी छोरी ४ बर्षअघि अमेरिका आए पनि उनी अमेरिक पछि गएका थिए।
गोरखाको केराबारीबाट भरतपुर सरेका बजगाईं १० बर्षसम्म खाडी मुलुक कतारमा बसेर काम गरेका थिए । कतारबाट नेपाल फर्केको ३ बर्षपछि उनी गत बर्ष सेप्टेम्बर २०१७ मा अमेरिका पुगेको थिए।
प्रहरीले घटनामा संलग्न चार जनामध्ये ३ जनालाई पक्राउ गरेको जनाएको छ । मुख्य अभियुक्त भने अझै फरार रहेको बताइएको छ ।
उनको निवासमा समवेदनाका लागि नेपाली समुदायको भीड लागेको छ ।
गणेश पाण्डेको सहयोगमा तयार पारिएको हो
Related