तनहुँको ढोरफिर्दीमा जीपले ठक्कर दिदाँ बालकको घट्ना स्थलमै मृत्यु
/२१ असार २०७५, बिहीबार १४:४८ , प्रकाशीत
दुलेगौँडा । तनहुँको शुक्लागण्डकी-९ घोर्मे स्थित भण्डारी कुनामा विहिबार जीपले ठक्कर दिदाँ एक बालकको घट्ना स्थलमै ज्यान गएको छ। दुलेगौँडाबाट-साँखे जाँदै गरेको ग १ ज ५७६५ नं को जीपले स्थानिय ५ बर्षिय युवराज थापालाई ठक्कर दिदाँ थापाको घट्ना स्थलमै मृत्यु भएको हो ।
दुर्घट्ना पश्चात् स्थानियले क्षतिपुर्तिको माग सहित शव उठाउन दिएको थिएन । केहिबेर प्रहरी र स्थानियबीच धरपकड भएको थियो ।
इलाका प्रहरी कार्यालय बेलचोैतराका अनुसार अहिले शवलाई पोष्टमार्टमका लागि दमौली पठाइएको छ ।
जीप प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेका छन् । उनको खोजी कार्य तीब्र पारिएको इलाका प्रहरी कार्यालय बेलचोैतराले जनाएको छ ।

radio dhorbaharai
Related