‘गण्डकी’को पक्षमा बोलेकोभन्दै तमुवान–मगरात संघर्ष समितिले अर्थमन्त्री गुरुङ र संकृतिबिदलाई बहिष्कार
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । प्रदेश नम्बर ४ को नाम ‘गण्डकी’ राख्ने उपयुक्त हुने भन्दै सार्वजनिक स्थान र मिडियामा आफ्नो बिचार सार्वजनिक गरी तमुवान प्रदेश बिरुद्ध लागेको भन्दै तमुवान–मगरात संघर्ष समितिले संर्घष समितिले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र सस्कृतिविद जगमान गुरुङलाई बहिष्कार गर्ने घोषण गरेको छ।
संघर्ष समितिका संयोजक कर्म तमुले सार्वजनिक गरेको संघर्षका कार्यक्रममा प्रदेशका अर्थमन्त्री किरण गुरुङ र सस्कृतिविद जगमान गुरुङलाई बहिष्कार गर्ने घोषणा गरेको हो ।त्यसैगरी समितिले प्रदेशसभामा रहेर तमुवान–मगरातको पक्षमा नबोल्ने सभासदहरुलाई सार्वजनिक कार्यक्रम बहिष्कार गर्ने समेत घोषणा गरिएको छ।
अर्थमन्त्री किरणले सार्वजनिक कार्यक्रम र मिडिया मार्फत प्रदेशको नाम गण्डकी हुदा उपयुक्त हुने भन्दै आफ्ना बिचार सार्वजनिक गरेका थिए भने संकृतिविद जगमान पनि गण्डकीकै पक्षमा रहेको सार्वजनिक भएको थियो।
संघर्ष समितिले विरोधका कार्यक्रम अन्तर्गत शुक्रबार ¥याली निकाल्ने र प्रदेशको नामाकरण गर्ने दिन असार २४ गते गण्डकी नामलाई सेती नदीमा अन्त्येष्टी गर्ने घोषणा गरेको छ।
प्रदेशसभाकोे बैठकमा प्रदेशको नाम गण्डक प्रस्ताव भएकै दिन संघर्ष समितिले तमुवान–मगरात प्राप्तिको लागि बहिष्कार देखि बन्दसम्मका संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो।
संघर्ष समितिले आदिवासी जनजाति कोटाबाट प्रदेश सभा सदःय बन्ने अवसर प्राप्त गरी आदिवासी जनजातिको आवाज नउठाई राजनीतिक दलका खेलौना बनेका आदिवासी जनजाति कोटाका प्रदेश सभा सदस्यहरुलाई समेत बहिष्कार गर्ने निर्णय गरेको छ।
Related