पाँच पटकको विजेता ब्राजिललाई २-१ ले पराजित गर्दै युरोपियन राष्ट्र बेल्जियम ३२ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। विश्वकप २०१८ अन्तर्गत शुक्रवार कजानको कजान एरेनामा भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमले ब्राजिललाई २-१ ले हरायो।
खेलको १३औँ मिनेटमै ब्राजिलका फर्नान्डिन्होले गरेको आत्मघाती गोलबाट अग्रता लिएको बेल्जियमको लागि ३१औँ मिनेटमा केभिन डे ब्रुएनाले गोल गर्दै पहिलो हाफमै अग्रता दोब्बर पारे।
दुई गोलले पछि परेको ब्राजिलको लागि दोस्रो हाफमा वैक्लपिक खेलाडी रेनाटो अगस्टोले ७६औँ मिनेटमा एक गोल फर्काएपनि ब्राजिललाई विश्वकपमा टिकिराख्न पर्याप्त भएन।
बेल्जियमले अब सन् १९९८ को च्याम्पियन फ्रान्सँग सेमिफाइनल खेल्नेछ। फ्रान्स उरुग्वेलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।
यसअघि बेल्जियम सन् १९८६ मा पहिलो पटक सेमिफाइनल पुगेको थियो.विश्वकपमा यसअघि सन् २००२ मा भएको अन्तिम १६ को खेलमा ब्राजिलले बेल्जियमलाई २-० ले हराएको थियो।

Related