स्याङजाको स्वरेकमा चन्दा उठाएरै एम्वुलेन्स सञ्चालन
/२३ असार २०७५, शनिबार १०:१३ , प्रकाशीत
स्याङजा । स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा एम्वुलेन्स सेवा शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले एक कार्यक्रमका विच स्वरेक टापु बाट एम्वुलेन्स सेवा शुभारम्भ गरिन् ।
नमुना स्वरेक सामाजिक कोष कतार र नमुना स्वरेक सहयोगी समाज स्याङजाले संयुक्त रुपमा संचालन गर्ने एम्वुलेन्सको साचो पत्रकार एवं नमुना स्वरेक सहयोगी समाजका अध्यक्ष घनश्याम पाण्डेयलाई मन्त्रीले हस्तान्तरण गरे ।
मन्त्री अर्यालले एम्वुलेन्स खरिद एकताले नै सम्भव भएको भन्दै स्वदेश विदेश बाट अभियानमा लाग्नेहरुप्रति प्रशंसा गरिन् । अब स्वरेकमा विकासको शुरुवात भएको भन्दै वालिङ मिर्दिबाट स्वरेक मैदान बाटो पिचको काम शुरु हुने बताईन् ।
उनले भीरकोट सुन्दर बजार स्वरेक भञ्ज्याङ हुदै मैदान जोडने बाटो पनि पिच गर्न आफुले पहल गर्ने भनाई राखिन् । विकासको लागि सवै संग हातेमालो गर्ने भन्दै मन्त्री अर्यालले स्वरेक लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गराएर छाड्ने उनको भनाई छ ।
नमुना स्वरेक सहयोगी समाज स्याङजाका अध्यक्ष घनश्याम पाण्डेयले एम्बुलेन्स अभियानमा स्वतस्फुर्त रुपमा सहयोग आएको भन्दै सहयोगीहरु प्रति धन्यवाद ब्यक्त गर्दे मन भएकाहरुको सहयोगले आफुहरु सफल भएको बताए ।
पाण्डेय १३ लाख संकलन भएकोमा एम्बुलेन्स सञ्चालन सम्म ल्याउदा कुल ११ लाख ५० हजार रुपैयाँ खर्च भएको बताए । स्वरेकमा एम्बुलेन्स मात्रै देखिएको तर एम्बुलेन्स ल्याउन धेरैको धेरै ठाउँमा पसिना बगेको भन्दै विदेशी भुमिमा बगाएको पसिना बाट एम्वुलेन्स आएको भन्दै दिगो रुपमा सञ्चालन गर्न सवै स्वरेकीले साथ दिनुपर्ने बताए ।

Related