• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

खेलकुद विकासमा पर्याप्त बजेट छैन, बिदेश सयर गर्ने परम्परा तोड्छु : खेलकुदमन्त्रीे विश्वकर्मा

  •      /२४ असार २०७५, आईतवार १०:४८ ,  प्रकाशीत
  • काठमाडौं- युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयमा सीमित स्रोत-साधन र वाध्यताका कारण पर्याप्त बजेट नभएको बताएका छन्।

    राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ माथिको छलफलका क्रममा उठेका प्रश्नको जावाफ दिँदै मन्त्री विश्वकर्माले राष्ट्रिय बजेटको शून्य दशमलब ३१८ प्रतिशत अर्थात् ४ अर्ब मात्र बजेट विनियोजन भएको बताए।

    खेल क्षेत्र दुरास्थामा रहेकाले भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए। उनले देशभरका ७ सय ५३ वटै स्थानी तहमा रंगशाला निर्माण गर्न मन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गरेको भन्दै स्थानीय तहदेखि नै खेल क्षेत्रको विकास गरिने बताए।

    खेलाडीको कोठा सम्मानले भरिए पनि उनीहरुको उचित संरक्षण गर्न नसकिएको भन्दै सरकारले खेलाडीको स्वास्थ्य बीमा, जीवन बीमा एवं भत्ताको व्यवस्था गर्ने जानकारी दिए।

    ‘स्थानीय, प्रदेश एवं केन्द्रीयस्तरमा नियमित रुपमा प्रतियोगिता सञ्चालनका लागि प्रोत्साहन गरिएको छ,’ उनले भने, ‘उच्चस्तरको प्रविधियुक्त तालिम तथा पूर्वाधारका लागि पर्याप्त बजेट भने छैन।’ उनले भौगोलिक क्षेत्रमा खेलको विकास गरेर पर्यटन प्रवर्धन गर्न सकिने उनले बताएका छन्।

    आगामी मंसिरमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगञ्जमा आयोजना गर्न मन्त्रालय केन्द्रित भएको जानकारी दिँदै उनले त्यस क्षेत्रमा पूर्वाधार निर्माणका लागि केही बढी खर्च भएको जनाए।

    काठमाडौं र पोखरामा हुने तेह्रौं दक्षिण एसियाली खेलकुदका लागि आफूले सीमित साधन स्रोतको परिचालन गरिरहेको मन्त्री विश्वकर्माको भनाइ छ।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.