शुभेच्छा न्यूज
पोखरा ।लायन्स क्लव अन्र्तराष्ट्रियको १०१औं अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिई फर्केका डिष्ट्रिक्ट ३२५ वि १ नेपालका डिष्ट्रिक्ट गर्भनरलाई पोखरा स्थित रहेका लायन्स क्लवहरुले भब्य सम्मान तथा स्वागत गरेका छन ।
मंगलवार पोखरा विमानस्थलमा लायन्स क्लव इन्टरनेशनल डिष्टिक्ट ३२५ वि १ नेपालको केहि महिना अघि लायन बर्ष २०१८÷१९ का लागि निर्वा्चित डिष्ट्रिक गभर्नर अशोककुमार श्रेष्ठ, डिष्ट्रिक्ट फष्ट लेडी रामशोभा श्रेष्ठलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा क्लवका अध्यक्ष एवं डिष्ट्रिकका बिभिन्न तहमा रहेका डिष्ट्रिक पदाधिकारीहरुले गभर्नरलाई पुष्प गुच्छा, खादा र माला लगाएर स्वागत गरेका थिए ।
सो अवसरमा बोल्दै डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले पोखराका लायन्सहरुको स्वागत सम्मानबाट उत्साहित भएको बताताए। उनले नयाँ सताब्दीको पहिलो बर्षको सेवा गर्ने जिम्मेवारी काँधमा आएको बताउदै सम्पुर्ण लायन्सको सहयोगबाट नयाँ उर्जाका साथ सेवा कार्यमा लाग्ने बताए।
बिगतका दिनमा जस्तै सबैको साथ र सहयोग पाउनेमा आफु बिश्वस्त रहेको उनले बताए । गर्भनर श्रेष्ठले अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिदै गर्दा नेपालको लाईनिजम विश्वमा चिनाउन पुर्व गर्भनरहरुको योगदान महत्वपूर्ण रहेको स्रण गरे।
यसै बिच आजै पोखरा माटेपानी स्थित लायन्स सर्भिस सेन्टरमा स्थापित डिष्ट्रिक सचिवालयको डिष्ट्रिक गभर्नर अशोक कुमार श्रेष्ठले उद्घाटन गरेका छन । यस अघि पोखराबाट निर्वा्चित डिष्ट्रिक गभर्नरले आफनै अनुकुलको सचिवालय स्थापना गरि सचिवालय सञ्चालन गर्ने गरेका थिए ।
डिष्ट्रिक सचिवालय उद्घाटन कार्यक्रममा बोल्दै डिष्टिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चियर पर्सन प्रेम बहादुर श्रेष्ठले दिनको लक्षण विहानीले देखाउछ भने झै कार्यकाल सुभारम्भको क्षणमै प्राप्त गरेका सफलताले पुष्टि गरेको बताए ।

Related