• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

क्षेत्रिय स्तरिय बक्सिङ र टेबुल टेनिस सुरु, प्रदेशलाई खेलकुदको हब बनाउँछौ– मन्त्रि पुन

  •      /२७ असार २०७५, बुधबार १२:१६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पोखरा रंगशालामा पश्चिामाञ्चल क्षेत्रिय स्तरिय बक्सिङ र टेबुल टेनिस प्रतियोगिता मंगलबार बाट सुरु भएको छ । सम्पन्न टेबुल टेनिस प्रतियोगितामा महिला सिंगल्स तर्फ रुपेन्देहीकी स्विकृती श्रेष्ठ र अमृता थापा फाइनलमा प्रवेश गरेका छन । खेलमा स्विकृतीले कास्कीकी कल्पना थापालाई ११–६, ११–२ र ११–४ को सोझो सेटमा पराजित गरिन ।

    त्यसैगरि रुपन्देहीकी अमृताले कास्कीकी शान्ती थापालाई ११–६, ११–२ र ११–५ को सोझो सेटमा नै पराजित गर्दै फाइनल प्रवेश गरेका हुन । पुरुष सिंगल्स सेमीफाइनलमा रुपन्देहीका गोबिन्द कौशलले बाग्लुङका शुमेष लामालाई ११–९, १२–१०, ६–११ र ११–७ को सेटमा पराजित गरे भने रुपन्देहीकै कपिल थापाले कास्कीका रुप गुरुङलाई ११–८, ११–८ र १२–१० को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान पक्का बनाए ।

    टेबुल टेनिसको महिला डबल्स सेमीफाइनलमा स्याङजाकी शेवा श्रेष्ठ र मुना थापाको जोडीले कास्कीकी शान्ती थापा र बल्पना थापाको जोडीलाई ६–११, ११–४, १३–११, ५–११ र १५–१३ को सेटमा पराजित गरे । त्यसै गरि अर्को खेलमा रुपन्देहीकी स्विकृती श्रेष्ठ र अमृता थापाको जोडीले नवलपरासीकी प्रमिशा न्यौपाने र प्रतिमा खरेललाई ११–९, ११–४ र ११–३ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरे ।

    पुरुष डबल्स तर्फ कास्कीका रुप गुरुङ र शुमेष लामाको जोडीले स्याङजाका दिपकराज गिरी र नबिन गुरुङको जोडीलाई ११–९, ११–६, ८–११, ११–१३ र ११–४ को सेटमा पाखा लगाए । रुपन्देहीका गोबिन्द कौशल र कपिल थापाको जोडीलाई ११–१, ११–७ र ११–३ को सोझो सेटमा पाखा लगाउँदै फाइनल प्रवेश गरे ।

    यता पुरुष बक्सिङ तर्फ ६९ केजीमा कास्कीका शविन गुरुङले स्वर्ण पदक जितेका छन । बागलुङका रोशनलामाले वाक ओभर दिए पछि उनले उक्त तौल समुहमा पदक हासिल गरे । यसै गरि ५६ केजी तौलमा कास्कीका जेनिश गुरुङ र बागलुङका राजेश श्री मगरले फाइनलमा भिडन्त गर्नेछन ।

    यसै गरि ६० केजी तौलमा कास्कीका दिनेश बानिया र नवलपरासीका छबीराज बोहोराले फाइनलमा स्थान बनाएका छन भने ६४ केजीमा कास्कीका अमृत गुरुङ कास्कीकै दिपक तिवारी संग भिड्ने छन ।

     

    यस अधि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नरदेबी पुनले प्रदेशलाई खेलकुद हबको रुपमा बिकास गर्ने बताएकी छन ।
    पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको आयोजनामा पोखरामा सुरु भएको क्षेत्रिय स्तरिय महिला–पुरुष बक्सिङ र टेबुल टेनिस प्रतियोगिताको उद्घाटन गर्दै सरकारको लक्ष्य नै प्रदेशलाई खेलकुद हबको रुपमा बिकास गर्ने बताएकी हुन ।

    पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती प्रशिक्षण विभाग प्रमुख तथा वरिष्ठ बक्सिङ प्रशिक्षक विद्या मर्सानीलाई बक्सिङ गलभ्स् दिएर प्रतियोगिताको उद्घाटन गर्दै मन्त्रि पुनले भनिन– “प्रदेश सरकारले प्रदेशमा एक बुउद्धेश्यिय कभर्डहल, खेलकुद एकेडेमी, क्रिकेट स्टेडियम र गल्फ खेल गरि चार वटा कुरालाई प्राथमिकतामा राखेर ठोस र योजनाबद्ध तरिकाले काम बढाइरहेको छौं ।

    आर्थिक अभाबका कारण प्रतियोगिताहरुमा अन्य प्रदेशको तुलनामा गण्डकीको नतिजा खस्किएकोमा चिन्ता व्यक्त गर्दै मन्त्रि पुनले भनिन–“अब त्यसो हुन नदिन योजनावद्ध तरिकाले परिणाममुखी नतिजा ल्याउन व्यवस्थापन पक्षलाई चुस्त पार्ने छौं ।”

    सो अबसरमा मन्त्रि पुनले खेलकुदको बिकासका लागि दृढ इच्छा शक्ति आवश्यक रहेको धाराण राख्दै खेलाडीलाई आफ्नो खेलमा निरन्तरता दिंदै आत्मबलका साथ अगाडी बढन आग्रह समेत गरिन ।

    उद्घाटन कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका काबा अध्यक्ष सम्पन्न श्रेष्ठले खेलकुदमा अनुशासन महत्वपूर्ण रहेको हुनाले अनुशासनलाई प्राथमिकतामा राखेर खेलाडीलाई प्रतियोगितामा खेल्न आग्रह गरे ।

    कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, क्षेत्रिय खेलकुदका डम्मर बहादुर नेपाली लगाएतले धारणा राखेका थिए ।

    असार २८ गते सम्म हुने प्रतियोगितामा ८ जिल्लाका महिला–पुरुष विभन्न तौल समुहमा बक्सिङमा प्रतिष्पर्धा गर्नेछन भने टेबुल टेनिस तर्फ १६ जिल्लाका महिला–पुरुष खेलाडीे सिंगल्स, डबल्स, र मिक्स डबल्समा प्रतिष्पर्धा गर्दैछन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.