तनँहुमा चीतुवाको आक्रमणमा मृत्यु भएका बालकको परिवारलाई राहत दिन गाँउमै पुगे मन्त्री
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । गण्डकी प्रदेश सरकारले चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँको भानु नगरपालिका वडा नं. ३ का ६ बर्षीय बालक बिशाल श्रेष्ठका परिवारलाई आर्थीक सहयोग गरेको छ ।
प्रदेश सरकारका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले बुधवार गाँउमै पुगेर मृतक बालकका बुवा विरेन्द्र श्रेष्ठ र आमा रुपा श्रेष्ठ लाई नगद रु. १० लाख रुपैयाँ हस्तान्तरण गरेका छन्।
रकम हस्तान्तरण गर्दै मन्त्री लम्सालले दुखद् घटना भएकोमा दुख व्यक्त गर्दै घर परिवार लाई सान्त्वना दिन सरकारको तर्फबाट गाँउमै आएको बताए।
पछील्लो समय मानव र वन्य जन्तुको द्धन्द्ध बढ्दै जान थालेकोले बढ्दो समस्यको निराकरणको लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए।
मन्त्री लम्सालले संरक्षण शिक्षाको विस्तार, सुरक्षित तारबार, पूर्वसूचना दिने प्रणालीको विकास, प्रदेशमा वन्यजन्तु उद्धार केन्द्रको स्थापना,प्राणी उद्यान केन्द्र लगाएतको नीति सरकारले ल्याउने बताए।
गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिब डा.बुद्धी सागर पौडेलले मृतकका परिवार लाई तत्काल राहात स्वरुपको रकम दिने पहल थालेपनी प्रक्रिया लामो हुन पुग्दा ४ महिना ढिला हुन पुगेको बताए।
सोही अवसरमा भानु नगरपालिकाले वालकका परिवार लाई रु.२५ हजार नगद सहायोग गरेको थियो । नगरपालिकाको तर्फ बाट २५ हजार रकम प्रदान गर्दै मेयर उदयराज गौरीले मृतक विशालका भाई लाई कक्षा १० सम्म अध्ययन गर्दा लाग्ने खर्च आफुले व्यक्तिगतरुपमा व्योहोर्ने बताए। गत फागुन १ गते शिवरात्रीको दिन मामाघर जादै गरेका बालक श्रेष्ठ लाई चितुवाले साझ ६ बजे आक्रमण गरेको थियो ।
Related