चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चेपाङडाँडामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । शुक्रबार बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए ।
नारायणगढ मुग्लिन सडकमा खसेकाे पहिराे । गाैतमका अनुसार अहिले स्काभेटरको सहयोगमा पहिरो पन्छाउने काम जारी छ। पहिरोका कारण चितवनबाट जाने र आउने सवारी साधन बीचबाटोमा नै रोकिएका छन्।
सडक बन्द भएकाले ओभरटेक नगरी सवारी लाइनमा मिलाएर राख्न प्रहरीले चालकलाई अनुरोध गरेको छ। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा असार महिनामा मात्रै दर्जनौं पटक पहिरो खसेर यात्रुलाई प्रभावित बनाइसकेको छ।

Related