• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कर्म–कर्ण आदिवासी पुरस्कारबाट पत्रकार राजबहादुर गुरुङ सम्मानित

  •      /२९ असार २०७५, शुक्रबार ११:५८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार राजबहादुर गुरुङ सम्मानित भएका छन् । तमुधिं नेपालकी अध्यक्ष कर्मा गुरुङको ३९ औ वैवाहिक वर्षगांठको अवसरमा प्रदान गरिएको कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट गुरुङ सम्मानित भएका हुन ।

    गुरुङलाई राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, तमुधि नेपालकी अध्यक्ष कर्मा गुरुङ, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष एमबी आस्था मगरले संयुक्त रुपमा सम्मान गरेका थिए ।

    उक्त अवसरमा वोल्दै सम्मानित ब्यक्तित्व राजबहादुर गुरुङले आफ्नो सम्मान सिंगो पत्रकारिताको सम्मान भएको वताउदै अझैपनि पत्रकारिता आवाज विहीनहरुको आवाज बन्न नसकिरहदा सम्पूर्ण आदिवासी जनजाति पत्रकारहरुले आफ्नो आवाजलाई बुलंद गराउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।

    कर्मकर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट रिता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, एमबी आस्था र हुमबहादुर गुरुङ सम्मानित भइसकेका छन ।

    पुरस्कारको राशि १५ हजार रुपैयाँ नगद, सम्मानपत्र, भाङ्ग्रा, फेटा र खादाले पुरस्कृत गुरुङलाई सम्मान गरिएको थियो । उक्त अवसरमा हालै उप अनुसन्धान निर्देशकबाट सह अनुसन्धान निर्देशकमा बढुवा भएका यम पराजुली र कास्की जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानालाई समेत स्वागत तथा सम्मान गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.