• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

संकटामाथि एपीएफको जित

  •      /११ माघ २०७४, बिहीबार १३:१९ ,  प्रकाशीत
  • पोखरा । १६ औं आहा रारा गोल्डकपको अन्र्तरगत भएको तेस्रो प्रिक्वार्टर फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सिएमजी संकटालाई १–० गोल अन्तरले पराजितगरी क्वाटर फाइनलमा प्रबेश गरेको छ ।
    बिहिवार पोखरा रंगशालामा भएको तेस्रो प्रि–क्वाटर फाईनल खेलमा आदित्य चौधरीले खेलको २८ औं मिनेटको फ्री किकमा गोल गरेपछि एपीएफलाई विजयी भएको हो ।
    संकटाका विदेशी खेलाडी कोओरा लार्वा फ्लोरेन्ट कोनेले एपिएफका खेलाडी रञ्जन विष्टलाई लडाएपछि रेफ्री श्रवण लामाले कोनेलाई पहेलो कार्ड देखाउँदै एपिएफका लागि फ्री किकको अवसर प्रदान गरेका थिए । चौधरीले १८ यार्ड परबाट गरेको प्रहार गरेको बल क्रस बारमा लागि पोष्ट भित्र गोल भएको हो ।
    चौथो पटक आहा रारा गोल्डकपमा सहभागी सिएमजी संकटाले यस अघि उपविजेतासम्मको यात्रा तय गरेको थियो । एपिएफको यो ११ औ सहभागीता हो । चौधरीले खेलको म्यान अफ द म्याचको उपाधी भए । खेलको पहिलो हाफमा संकटाले गोल गर्ने झण्डै आधी दर्जन अवसर गोलमा परिणत गर्न सकेन । तर फिनिसिङमा कम्जोरी हुँदा संकटा पहिलो खेलबाटै बाहिरिन पुगेको थियो ।
    खेलको ७३ औं मिनेटमा संकटाका सरोज दाहालले पोष्ट नजिक पाएको बल हेड मार्फत गोल गर्न खोजे पनि उनको प्रयास सफल हुन सकेन । लगत्तै संकटाकै प्रकाश बुढाथोकीले मिलाइदिएको पास बलमा रुपेस केसीले हानेको प्रहारमा पनि बलले पोष्टको दिशा लिन सकेन । शुक्रबार नेपाल पुलिस क्लब र झापा ११ वीच खेल हुने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.