पोखरा । अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गण्डकी प्रदेशसभा अबरुद्ध गरेको छ । विहिबार प्रधानमन्त्रीको सम्बोधन लगत्तै बसेको दोश्रो बैठक काँग्रेसले अवरुद्ध गरेको हो ।
चिकित्सा शिक्षा विधेयकमा सुधारको माग राख्दै विगत २० दिनदेखी अनसनरत डा. गोविन्द केसीको समर्थनमा कांग्रेसले सदन अवरुद्ध गरेको हो ।
प्रदेशसभामा बिहिबार ३ वटा बैठक सञ्चालन हुने कार्यसूची कार्यव्यवस्था परामर्श समितिले तय गरेको थियो । पहिलो कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशलाई सम्बोधन गर्ने एजेण्डा रहेको थियो ।
तोकिएको समयभन्दा झन्डै साढे २ घण्टा ढिलो आएका ओलीले सवा घण्टासम्म समय लिए । त्यसपछि साढे ५ बजेसम्मलाई सदन स्थगित गरियो ।
शुभेच्छा न्यूज

Related