डा. गोविन्द केसीलाई प्रधानमन्त्रीको जवाफ- अनशन बसेर माग पूरा हुने भए संसद किन चाहियो?
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले डा.गोविन्द केसीलाई अनसन बसेर मात्रै सबै कुरा पाइन्छ भन्ने भ्रमबाट मुक्त भई आयोगको नेतृत्वमा रहेर काम गर्न आग्रह गरेका छन्। पोखरा बिश्वबिद्यालयको १९ औं साधरणसभामा बोल्दै मन्त्री ओलीले अनशनबाटै सबै कुरा पाइने भए संसद किन चाहियो भनेर प्रश्न गरेका छन्।
प्रधानमन्त्रीले राजनीतिक निहित उद्देश्यका लागि केसीको जीवनसँग खेलबाड गर्ने काम भइरहेको बताए। उनले भने ‘आफ्नो रोटी सेक्ने काम भइरहेको छ र यो जायज होइन।’ उनले विधिको शासनभन्दा माथि कोही हुन नसक्ने बताए।
उनले चिकित्सकको आन्दोलन पेशागत नैतिकता भन्दा बाहिर भएको भन्दै यस्तो कदम उचित नभएको उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीलेअहिले कांग्रेसको आन्दोलन केका लागि भन्दै प्रश्न गरे। उनले भने, ‘यदि आन्दोलननै सोख हो भने मेरो के लाग्छ र।’ उनले अहिलेको सरकार विकास निर्माणका लागि अघि बढेको उल्लेख गर्दै भ्रष्टाचार मुक्त र सुशासन युक्त समाजमा सामाजिक न्याय स्थापितको लागि लागेको बताए।
‘फेरि के का लागि आन्दोलन ?’ उनले कसैले जितेको प्रतिशोधमा आन्दोलन गर्नुको औचित्य नभएको बताए।
Related