पाल्पाको रामपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
/५ श्रावण २०७५, शनिबार ०४:५७ , प्रकाशीत
शुभेच्छा न्यूज
रामपुर, पाल्पा : पाल्पा जिल्लाको रामपुर नगरपालिकामा मोटरसाइकलको ठक्करबाट शुक्रबार पैदलयात्रीको मृत्यु भएको छ।रामपुर नगरपालिका–४ स्लामपुरका अनदाजी ७८ वर्षीय मुस्ताज मियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताए ।
रामपुरको बाँग्गेपसलदेखि स्लामपुरतर्फ जाँदै गरेको लु ४ प ६३०७ नम्बरको मोटरसाइकलले रामपुरकै सदावर्तभन्ने ठाउँमा बेलुकी ६ बजेतिर ठक्कर दिएको हो । मोटरसाइकल चालक रामपुर नगरपालिका–४ का हुसेन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चालक सुनार र मोटरसाइकल पछाडि सवार रामपुर नगरपालिका-५ वेझाडका सन्तोष खनाल सामान्य घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि रामपुर अस्पतालमा लगिएको छ। चालक र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको पाण्डेले बताए ।

Related