• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

डा.गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो,उनले सम्हालेको हाडजोर्नी विभागको हरिबिजोग

  •      /५ श्रावण २०७५, शनिबार ०५:२९ ,  प्रकाशीत
  • काठमाडौँ । चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनसन बसिरहेका त्रिबि शिक्षण अस्पतलक बरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीका अन्दोलनबाट त्रिवि शिक्षण अस्पतालले अहिलेसम्म ४१ करोड रुपैय भन्दा बढी रकम गुमाउन बाध्य भएको तथ्य खुलेको छ ।

    नेपाली बिद्यार्थीलाई बिदेशी मेडिकल कलेजमा पढन जान बाध्य बनाउने शैक्षिक माफियाको योजनाअनुसार भर्ना हुने समयमा अनसन बस्ने र सदैव अस्पताल रोज्ने केसीको श्वेतग्रिभी अपराधका कारण टिचिङ अस्पतालले ४१ करोड २५ लाख रुपैया आम्दानी गुमाउनु परेको हो ।

    पन्ध्रौं अनसन बसिरहेका डााक्टर केसी हिजोबाट पुनः त्रिबि शिक्षण अस्पतालमा अनसन अघि बढाएक छन । उनले अहिलेसम्म टिचिङ अस्पतालमा १ सय ६५ दिन अनसन बसेक छन । त्रिबि शिक्षण अस्पतालका अनुसार प्रतिदिन २५ लाखक दरले आम्दानी हुने गरेको छ । यसअनुसर केसीको अन्दोलनबाट ४१ करोड २५ लाख रुपैया गुमेको छ ।

    यसमथि डाक्टर केसीको अनसनके लागि चाहिने खर्चसमेत अस्पतालबाटै हुने गरेको छ । डाक्टर केसीले २०६९ साल असार २१ गतेबाट अनसन शुरु गरेका हुन । त्यसयता उनले अहिलेसम्म १ सय ८६ दिन अनसन बसेका छन् ।

    जसमध्ये २० दिन जुम्लामा अनसन बसेका हुन् । बाँकी १ सय ६५ दिन डाक्टर केसीले त्रिवि शिक्षण अस्पतालमा रोजेका छन । हिजोबाट केसी सोही अस्पतालम अनसन बसेक छन ।

    अस्पतालमा कुनै प्रकारको आन्दोलन गर्न नपइने भएपनि डाक्टर केसीले त्रिबिको नियम मान्दिन, अनुशासन मन्दिन भन्दै आफू अनसन बस्ने र एप्रोन लगाएर अफ्ना बिद्यार्थीलाई अस्पतालभित्र जुलुस लगाउन लगाई बिरामीको स्लाइन थुत्न लगाउनेसम्मको काम गर्दै आएका छन । अस्पताल स्रोतले दिएको जानकारी अनुसार त्रिविले दैनिक विरामीलाई सेवा दिएबापत्त २५ लाख रुपैया संकलन गर्दै आएको छ ।

    केसीका अनसनले अस्पताल नै धरासायी बनेको छ । ‘डाक्टर केसीको आन्दोलन त्रिबि शिक्षण अस्पताललाई निकै महंगो सावित भएको छ, उहाँ आफू अस्पतालको कुनै नियम मान्नुहुन्न, उहाको आदेश राणाकालिन चन्द्र शमशेरको जसरी सवैले मान्नुपर्छ,’ अस्पतालका एक चिकित्सकले भने ।

    उनका अनुसार केसीको हाडजोर्नी बिभागम अहिले पनि बिरामीले शल्यक्रियाका लागि कम्तीमा ६ महिना कुर्नुपर्छ । सो बिभागमा काम नगर्ने, अन्य चिकित्सकलाई समेत काम गर्न नदिने भएको कारण हाडजोर्नी बिभागका अधिकांश बिरामी महंगो मुल्य तिरेर निजी अस्पतालमा उपचार लिन बाध्य छन ।

    जस्को कारण टिचिङ अस्पतालले ठुलै आम्दानी गुमाउनु परेको छ । ‘मेडिकल मफियाको स्वार्थमा डाक्टर केसीले आफ्नै अस्पताल बर्वाद बनाए, उनको समर्थकले एक पटक डाक्टर केसीले सेवा दिने हाडजोर्नी बिभाग हेर्दा सवै जानकारी हुन्छ,’ ती चिकित्सकले भने, ‘नेपालका गरिब जनताले स्वास्थ्य सुविधा पाउने अस्पताललाई बर्बाद बनाए ।’

    चिकित्शा शिक्षाको क्षेत्रमा सुधारको लागि गठित केदारभक्त माथेमा अयोगका सदस्य समेत रहेका डा. भगवान कोइरालाले पनि केसीका कारण आफु त्रिवि शिक्षण अस्पतालको निर्देशकबाट राजिनामा दिएर हिड्नु परेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन ।

    डाक्टर केसीका समर्थकले स्लाइन समेत थुतेर फाल्ने, अस्पताललाई अराजक भीड बनाउने अपराध भएपछि आफू मन थाम्न नसकी हिडेको कोइरालाको भनाई छ । डाक्टर केसीले अनसन थालेपछि सरकार परिवर्तन लगत्तै आफ्नो अनसनको ब्यापार अघि बढाएका हुन ।

    २०६९ आषाढ २१ गते देखि अनसन शुरु गरेका डा. केसीले पहिलो र दोस्रो अनसन डा. बाबुराम भट्टराई, तेस्रो र चौथो अनसन खिलराज रेग्मी, पाचौं, छैटौं र सातौं अनसन शुशिल कोइराला, आठौं अनसन केपी शर्मा ओली, नवौं र दशौं अनसन पुष्पकमल दाहाल, एघारौं, बाह्रौं, तेह्रौं र चौधौं अनसन शेरबहादुर देउवा गरी सबै प्रधानमन्त्रीको पालामा बसिसकेका छन् ।

    अनसन बस्नु उनको लहड हो । विगतमा डा. केसीलाई अनसन बसाएर नेपालमा अस्थिरता सृजना गर्दै नेपालका विद्यार्थीहरुलाई विदेश पठाएर कमिशन खान पल्केका गिरोह आज डा. केसीको माध्यमबाट सत्ता पल्टाउन सकिन्छ कि भनेर चलखेल गर्दैछन् ।

    सम्पूर्ण नेपाली जनताले बुझ्न जरुरी छ । यस्का साथै माफियाको चलखेलमा सिन्डिकेट जारी राख्ने मतियार त बनिरहेका छैनन भन्ने गम्भीर प्रश्न पनि उठेको छ ।दैनिकीबाट साभार गरिएको

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.