बृहत पोखरा सफाई अभियान पृथ्विचोक देखि एयरपोर्ट सम्म
/५ श्रावण २०७५, शनिबार १४:३२ , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा । पोखरालाई स्वाच्छ सुन्दर र हराभारा तुल्याउने उदेस्यले करिव डेढबर्ष अघिबाट थालिएको पोखरा बृहत् सफाइ अभियानको १ सय १२ हप्ते श्रीङखला अन्तर्गत शनिबार पृथ्वीचोकदेखि पोखरा विमानस्थलसम्म सरसफाई गरिएको छ ।
‘हप्तामा एक घण्टा, राष्ट्रका लागि समाजसेवा’ भन्ने नाराका साथ संचालित ११२ हप्ताको अभियानमा करिव ५ टन फोहरमैला संकलन गरिएको पोखरा महानगरपालिकाका वडा नम्वर ९ का सचिव एवं अभियन्ता लोकदर्शन कोइरालाले बताए।
यसअघि गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले अभियानप्रति शुभकामना व्यक्त गर्दै सरसफाइमा जुटेर ऐक्यबद्धता जनाएका थिए। सांसद थापाले हप्तामा एक दिन भएपनि सरसफाई अभियानमा लाग्न नगरवासीलाई आग्रह गरे। इस अभियानले महानगरलाई स्वच्छ र सुन्दर राख्न मद्धत पु¥याएको सांसद थापाले बताए।
यस हप्ता आयोजना गरिएको अभियानमा नेपाली सेनाको सेकेण्ड रेञ्जर्स फोर्स, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी, मुक्तिनाथ विकास बैंक, ओभ डेभलपमेन्ट बैंक, एनआइसी एशिया बैंक, माछापुच्छे« महिला क्लब लगायतका विभिन्न सामाजिक संघ सस्थाहरुको ऐक्यबद्धता रहेको अभियानका संयोजक रामबहादुर पौडेलले जानकारी दिए।
पोखराको सरसफाई र वातावरणलाई मध्यनजर गरी थालिएको सरसफाई अभियानलाई विभिन्न संघ संस्था लगायत पोखरेलीहरुले अनवरत सहयोग गर्दै आइरहेको संयोजक पौडेलले बताए।
अभियानका लागि मुक्तिनाथ विकास बंैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले एक थान स्पीकर सहित ५ प्याकेट, डिस्पोटल ग्लोब अभियन्ताहरु प्रदान गरेका थिए। आगामी हप्ता सञ्चालन हुने १ सय १३ औं हप्ताको सरसफाइ अभियान हेमजा मिलनचोकमा हुनेछ ।
शुभेच्छा न्यूज
पोखरा । पोखरालाई स्वाच्छ सुन्दर र हराभारा तुल्याउने उदेस्यले करिव डेढबर्ष अघिबाट थालिएको पोखरा बृहत् सफाइ अभियानको १ सय १२ हप्ते श्रीङखला अन्तर्गत शनिबार पृथ्वीचोकदेखि पोखरा विमानस्थलसम्म सरसफाई गरिएको छ ।

Related