विराटनगर । विराटनगर महानगरपालिकाका उपभोक्ताको घर–घरमा पाइपलाइनबाट ग्याँस वितरण गरिने भएको छ । महानगरपालिकाको वडा नं. १४ का उपभोक्ताको घर–घरमा ग्याँस पुर्याउनका लागि अहिले पाइप विछ्याउने काम भइरहेको छ ।
श्रीकृष्ण गौशालामा गाईको गोबरबाट ३ सय घन मिटर वायोग्याँस उत्पादनका लागि प्लाण्ट जडान गर्नेलगायतका प्राविधिक काम सम्पन्न भइसकेको र केही दिनपछि नै यस वडाका उपभोक्ताले पाइपलाइनबाट आएको ग्याँस प्रयोग गर्न पाउने विराटनगर–१४ स्थित श्रीकृष्ण गौ सेवा सदनले जानकारी दिएको छ ।
उक्त गौशाला परिसरमा डोम स्थापना गर्ने काम पनि सम्पन्न भइसकेको छ । उक्त डोममा ग्याँस भण्डारण गरी पाइपलाइनबाट उपभोक्ताको घर–घरमा पुर्याइने छ । डेढवर्ष अघि शुुरु गरिएको सो प्लाण्टबाट पहिलो चरणमा ३२ घरमा र त्यसपछि एकसय घरमा ग्याँस पुुर्याउने लक्ष्य रहेको सो कार्यमा खटिएका उर्जा, वातावरण अधिकृत ज्ञानेन्द्र सिंहले बताए ।
प्राविधिक काम सम्पन्न भइसकेको र पाइपलाइन बिछ्याउने काम पनि यसै साता पूरा हुुने उनको भनाइ छ । उनले भने, ‘सबै काम सकिएकाले अब पाइलाइन बिस्तारपछि ग्याँस उत्पादन प्रक्रिया शुरु हुनेछ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै गरीे पाइपलाइनबाट घर–घरमा ग्याँस पुुर्याउने काम अन्तिम चरणमा पुुगेको बताए ।
विश्व बैङ्कको ८० प्रतिशत र विराटनगर महानगरपालिका तथा गौशालाको २० प्रतिशत लगानीमा उक्त बायोग्याँस प्लाण्ट सञ्चालन गर्न लागिएको उर्जा अधिकृत सिंहले जानकारी दिए ।
पाइपलाइनबाट ग्याँस आउने भएपछि विराटनगरका उपभोक्ता समेत उत्साहित छन् । विराटनगर–१४ का उपभोक्ता रिना मिश्राले गाईको गोबरबाट उत्पादन हुुने ग्याँसमा खाना पकाउँदा स्वास्थ्यका लागि उपयुुक्त हुुने र सिलिण्डर फेरिरहने भण्झटबाट समेत मुक्ति मिल्ने बताइन् । गौशालाका गौ सेवक मोहितचन्द्र यादवले गौशालामा रहेका २ सय ५ ओटा गाईबाट दैनिक २ हजार केजी गोबर उत्पादन हुँदै आएको जानकारी दिए ।
८४ लाख रुपैयाँको बजेटमा सञ्चालनमा ल्याउन लागिएको यो प्रविधि सफल भएपछि अन्य स्थानमा समेत पाइपलाइनबाटै ग्याँस वितरण गरिने बताइएको छ । यहाँ उत्पादन हुने बायोग्याँस एलपी ग्याँसको मूल्यभन्दा केहि कम हुनेछ ।पाइपबाट ग्याँस वितरण कार्यक्रमकोे उद्घाटन प्रधानमन्त्री ओलीबाट गराउने तयारी गरिएको छ ।
रोशनी भट्टराई

Related