• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तीन जनाको हत्याका आरोपी राज्यमन्त्री सिफारिस

  •      /८ श्रावण २०७५, मंगलवार ०३:३९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    काठमाडौ‌ । मधेश आन्दोलनका क्रममा घाइते प्रहरीलाई हवल्दारलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको आरोप लागेका अभिराम शर्मा प्रदेश २ को राज्यमन्त्री सिफारिस भएका छन् ।राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन हत्या अभियोगमा फरार अभियुक्त शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको हो ।

    राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न सोमबार सिफारिस गरेका छन् ।आन्दोलनका बेला जलेश्वरमा घाइते भएका हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदा गर्दा बाटामै रोकी एम्बुलेन्सबाट थुतेर हत्या गर्ने काममा शर्माको संलग्नता पुष्टि भएको भन्दै अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई आदेश गरेको थियो।

    तर प्रहरीले उनलाई फरार रहेको भन्दै हालसम्म पक्राउ गरेको छैन । ‘प्रहरीका आँखामा फरार रहे पनि उनी मधेसमा खुलमखुला हिँडिरहेका थिए,’ राजपाका एक नेताले भने, ‘अब त मन्त्री नै हुने भए, कसले पक्रने ?’ उनी महोत्तरी ३ ९क० क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

    शर्माका साथै प्रदेश २ मा राजपाले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा सुरेश मण्डल र भौतिक पूर्वाधार राज्यमन्त्रीमा डिम्पल झालाई पठाउने निर्णय गरेको छ । झा, राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी हुन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.