• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

  •      /८ श्रावण २०७५, मंगलवार १६:१० ,  प्रकाशीत
  • काठमाडौं, ८ साउन । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग शिष्टचार भेटवार्ता गर्नुभएको छ ।
    सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको शिष्टचार भेटमा नेपाल र कोरिया बीचको कूटनीतिक सम्बन्ध, व्यापार, लगानी र रोजगारीको क्षेत्रमा हुँदै आएको सहकार्यबारे चर्चा भएको थियो ।
    भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दुई देशका सरकार र जनस्तरमा सुमधुर सम्बन्ध रहेको र यो सम्बन्ध एक अर्काको स्वतन्त्रता, स्वाधिनता र परस्पर सहयोगमा आधारित रहेको बताउनुभयो ।

    उहाँले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दक्षिण कोरियाले नेपाललाई उच्च प्रथामिकतामा राख्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको क्षेत्रमा पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

    ‘नेपालका सरकारी कर्मचारी तथा विद्यार्थीलाई कोरियाले छात्रवृत्तिमार्फत उच्च शिक्षाको अवसर दिएको छ,’ भेटमा उहाँले भन्नुभयो, ‘ईपीएस (ईम्लाएमेन्ट प्रमिट सिस्टम)मार्फत नेपाली रोजगारीका लागि कोरियामा जाने र त्यहाँ सिकेको सीप नेपालमा प्रयोग गर्दा देशलाई फाइदा पुगेको छ ।’
    अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरियाको नेशनल एसेम्बली र नेपालको संसदबीच सुमधुर सम्बन्ध रहेको बताउँदै दुई देशको ‘संसदीय मैत्री समूह’ छिट्टै स्थापना गर्न नेपाल इच्छुक रहेको बताउनुभयो । नेपाल र कोरियाबीच सन् २००२ मा संसदीय मैत्री समूह स्थापना भएको थियो । तर, अघिल्लो व्यवस्थापिका संसदले त्यसलाई निरन्तरता दिन सकेको थिएन ।

    त्यसैगरी अध्यक्ष तिमिल्सिनाले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका)मार्फत नेपालको सडक, जलविद्युत, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो । ‘नेपालको विकासमा कोरियाले सहयोग गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘नेपाल अहिले तीन तहको निर्वाचन सम्पन्न गरी समृद्धि र विकासतर्फ अगाडि बढ्ने प्रयासमा रहेकोले यसमा कोरिया जस्ता मित्रराष्ट्रको साथ हुने विश्वास लिएको छु ।’

    नेपालले कोरियाली प्रायदीपको शान्ति, एकता र स्थिरता हेर्न चाहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले हालै कोरिया गणतन्त्र र डीपीआर कोरियाबीच सम्पन्न अन्तर कोरियन शिखर सम्मेलनले विश्वभर शान्तिको सन्देश दिन सफल भएको बताउनुभयो ।

    भेटमा कोरियाका राजदूत योङ सिकले नेपालमा पर्यटक, व्यापारी तथा लगानीकर्ताका रुपमा कोरियन जनताको उपस्थिति बढ्दै गएको बताउनुभयो । नेपालमा व्यापार तथा पूर्वाधारको क्षेत्रमा काम गरिरहेका कोरियाली नागरिकले भिषा थपका लागि केही झण्झट भोग्नुपरेको जानकारी दिनुभयो ।

    त्यसैगरी उहाँले कोरियामा काम गरेर फर्किएका नेपालीका लागि नेपालमै रोजगारी दिलाउन हुन सक्ने सहयोगबारे दूतावासले अध्ययन गरिरहेको बताउनुभयो । त्यसैगरी नेपाल सरकारसँग सहकार्य गरेर नेपालको विकासमा साझोदारी र सहयोग गर्न कोरिया तयार रहेको धारणा राख्नुभयो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.