भरतपुरमा अटोरेक्सा ब्यवसायी र प्रहरीबीच झडप,प्रहरीले चलायो गोली
/९ श्रावण २०७५, बुधबार ०९:३० , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा . चितवनको भरतपुरमा प्रहरी र अटोरिक्सा व्यवसायीबीच झडप भएको छ। झडपका क्रममा प्रहरीले गोली चलाएको छ। गोली लागेर एक जना घाइते भएका छन्।
प्रहरीले चलाएको गोली लागेर अटोरिक्सा चालक नवलपुर गैँडाकोटका महेन्द्र सुनार रहेको प्रहरीले जनाएको छ। सुनारको खुट्टामा गोली लागेको छ।
भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा रिक्सा व्यवसायी र प्रहरीबीच झडप भएको हो। प्रदर्शनकारीले प्रहरीलाई लक्षितगरी ढुङ्गामुढा गरेपछि लाठी चार्ज गरेको थियो।
प्रहरीले लाठिचार्ज गर्दा पनि उत्तेजित भीडले तोडफोडमा उत्रैपछि कैयौं सेल अश्रु ग्यास र १० राउण्ड गोली चलाएको हो। भरतपुर महानगरपालिकाले साउन ५ गते देखि भरतपुर महानगरपालिकाको मुख्य राजमार्गमा टेम्पो सञ्चालनमा रोक लगाएको थियो। महानगरपालिकाले लगाएको प्रतिबन्ध विरुद्ध अटोरिक्सा व्यवसायी आन्दोलनमा उत्रिएका हुन्।
शुभेच्छा न्यूज
पोखरा . चितवनको भरतपुरमा प्रहरी र अटोरिक्सा व्यवसायीबीच झडप भएको छ। झडपका क्रममा प्रहरीले गोली चलाएको छ। गोली लागेर एक जना घाइते भएका छन्।

Related