कास्की । पोखरा लेखनाथ महानगरपालिका पशुसेवा शाखा कास्कीको आयोजनामा ३ दिने महानगर स्तरीय व्यावसायिक बङ्गुरपालन तालीम शुरू भएको छ । महानगर क्षेत्रभित्र व्यावसायिक बङ्गुरपालन व्यवसाय सञ्चालन गरिरहेका अगुवा कृषकहरू तालीममा सहभागी छन् ।
महानगरपालिका क्षेत्रभित्र रहेका कृषकलाई समयसापेक्ष आवश्यक ज्ञान, शीप र प्रविधिको बारेमा जागरुक तुल्याएर उत्पादन वृद्धि गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको हो ।
तालीममा बङ्गुरपालनको महत्त्व, बङ्गुरको प्रजातिको बारेमा जानकारी, खोरको व्यवस्थापन र पाठापाठी हुर्काउने तथा व्यवस्थापनबारे जानकारी दिइनेछ । विभिन्न उमेरका बङ्गुरहरूको पोषण व्यवस्थापनलगायतका बारेमा प्रशिक्षण प्रदान गरिने महानगरको पशु शाखाका प्रमुख ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार तालीममा बङ्गुरमा लाग्ने रोग तथा सङ्क्रमण, रोकथाम र नियन्त्रणबारे जानकारी, बङ्गुरमा लाग्ने आन्तरिक तथा बाह्य परजीवीसम्बन्धी जानकारीबारे बताइनेछ ।
अन्तिम दिन प्रशिक्षार्थीलाई स्थानीय कच्चा पदार्थबाट दाना बनाउने विधि तथा उपयोगबारे जानकारी गराइनेछ । जैविक सुरक्षाबारे जानकारी, बङ्गुरहरूको फार्ममा अभिलेखीकरण र कुपोषणका कारण बङ्गुरमा लाग्ने रोगहरूका बारेमा विज्ञद्वारा तालीम प्रदान गरिने महानगरका पशु विकास अधिकृत सहदेव पौडेलले जानकारी दिए ।

arthik abhiyan
Related