पोखरा । पोखरा महानगरपालिकाको – १७ मा बुधबारदेखि कर र राजश्व संकलन कार्य सुरु भएको छ । वडा नम्बर १७ को राजश्व तथा कर संकलन काउन्टरको उद्घाटन मेयर मानबहादुर जिसीले गरे । मेयर जिसीले एकीकृत सम्पत्ति कर बुझाउने पहिलो करदाता टीकाबहादुर द्वारे र घरनक्साको राजश्व बुझाउने लीला शर्मालाई रशिद दिएर कर र राजश्व संकलन कार्यको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा बोल्दै मेयर जिसीले महानगरको सेवालाई जनताको घर/घरमा पु¥याउन लागि परेको बताए । ‘३३ वटै वडालाई प्रविधिले जोड्ने काम अहिले भइरहेको छ,’ जिसीले भने,‘ प्रविधि मार्फत् महानगरको सेवालाई नागरिक घर/घरमा पु¥याउन हामी लागि परेका छौं । ’
१७ नम्बर वडाबाट सुरु भएको कर र राजश्व संकलन कार्य क्रमशः अन्य वडामा पनि विस्तार गरिने उनले जानकारी दिए । उनले १० देखि १५ लाख सम्मको योजना वडामै सम्झौता गरेर त्यसको भुक्तान दिने व्यवस्था मिलाउन लागेको पनि बताए । उनले एक हजार वर्गफिट क्षेत्रमा बन्ने घरको तीन तलासम्मको नक्सा पास पनि वडाबाट हुने व्यवस्था मिलाइएको जानकारी दिए ।
जनुसुकै वडाका बासिन्दाले कुनै पनि वडाबाट कर तिर्न र राजश्व बुझाउन मिल्ने व्यवस्था महानगरले गर्न लागेको बताए । पोखरा लेखनाथ महानगरपालिकाका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार एकीकृत सम्पत्ति कर, घरनक्साको राजश्व लगायत सबै कर वडा कार्यालयमै तिर्न सकिने बताए ।
सबै वडामा यो सेवा पुगेपछि राजश्व शाखाले अनुगमन मात्र गर्ने बताए ।
शुभेच्छा न्यूज

Related