• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेश सरकारले थाल्यो पर्यटन प्रबद्र्धनमा सघाउन फोटो प्रतियोगिता

  •      /१० श्रावण २०७५, बिहीबार १५:२१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    गण्डकी प्रदेश स्तरीय पर्यटन फोटो प्रतियोगिताका विजेता घोषणा गरिएको छ। गण्डकी प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भएको गण्डकी प्रदेश स्तरीय पर्यटन खुल्ला फोटो प्रतियोगिताको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको उपस्थितीमा घोषणा भएको हो।

    पर्यटकीय गतिविधि र गतन्ब्य  गरी दुई विधामा प्रतियोगिताको आयोजना भएको थियो। पर्यटकीय गतिविधि विधामा मेरिट मर्हजनको फोटो प्रथम, देब डंगोल दितिय, आदित्य चन्द तृतिय र सान्तवनामा देव डंगोलको फोटो छनोट भएको छ।

    पर्यटकीय गतन्ब्य विधामा प्रकास बुढाको फोटो प्रथम, उमिद शाक्य दितिय, गेहेन्द्र गुरुङ तृतीय र शिरीष बिसीको फोटो सान्तवना भएको छ।  फोटो पत्रकार क्लब ,नेपालको व्यवस्थापनमा सबैलाई खुल्ला गरिएको प्रतियोगिता यही असार १९ देखी साउन ५ गतेसम्म अनलाइनबाट छनोट गरिएको थियो।

    प्रतियोगितामा पर्यटकीय गतिविधिमा ११९ र पर्यटकीय गन्तव्य विधामा ३३९  फोटोहरु गरी कुल ४५८ वटा तस्बिर प्राप्त भएका थिए। मन्त्रालयका सह सचिव दिवाकर पौडेलको अध्यक्षता रहेको निर्णायक मण्डलमा नेपाल पर्यटन बोर्ड  पोखरा प्रमुख सुर्य थपलिया, फोटो पत्रकार क्लबको अध्यक्ष विकास कार्की ,राष्ट्रिय फोटोपत्रकार समूह कास्कीका पूर्व अध्यक्ष कृष्णमणी बराल र नागरिक दैनिकका फोटोपत्रकार विजय गजमेर थिए।

    पर्यटन प्रवर्द्धनका लागि फोटो कलेक्सन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरेको गण्की प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्शालले प्रष्ट्याए ।उनले विदेशमा जाँदा स्थानिय प्रोडक्टको फोटो फ्रेमिङ गरेर दिने चलन रहेको भन्दै अब गण्डकी प्रदेशले पनि स्थानिय प्रोडक्टको फोटो ले पर्यटन प्रवर्द्धनमा सघाउने विश्वास व्यक्त गरे ।

    यसरी प्रदेश स्तिरीय फोटो प्रतियोगिता आयोजना हुनु भनेको फोटोको महत्व बढ्नु हो भने नेपालको फोटोग्राफीमा झनै निखार आउने फोफो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीको भनाइ छ।

    नेपाल पर्यटन बोर्डले यस किसिमको गतिविधि गदै आइरहेको र बोर्डको आफनो विज्ञता पनि भएकाले प्रदेशको पर्यटन मन्त्रालयले गरेको कार्यक्रमलाई सदैब सहयोग रहने बताउदै पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले भने प्रदेशमा पनि पर्यटन सम्बन्धी फोटो प्रतियोगिता भएकोमा खुशी व्यक्त गरे।

    गण्डकी प्रदेश स्तरीय पर्यटन खुल्ला फोटो प्रतियोगिताको प्रत्येक विधाका प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेले नगद क्रमशः ३०, २०, १५ र १० हजार रुपैयाँ  पुरस्कार प्राप्त गर्ने छन्। पोखराको डयामसाईटस्थित नेपाल पर्यटन बोर्डमा प्रतियोगितामा उत्कृष्ट छानिएका ५० तस्बिरको प्रदर्शनी गरिनेछ। प्रदर्शनीकै समयमा विजेतालाई पुरस्कार प्रदान गरिनेछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.