काठमाडौंबाट पोखरा आउँदै गरेको बस त्रिशुलीमा दुर्घटना पाँच जनाको मृत्यू
/११ श्रावण २०७५, शुक्रबार ०८:५० , प्रकाशीत
काठमाडौं: त्रिशुली नदीमा बस खस्दा पाँच जनाको मृत्यु भएको छ। काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस फिस्लिङ सडकबाट सय मिटर तल खसेको हो।
दुर्घटनामा परी २५ जना घाइते भएका छन्। सडकबाट बस नदीमा खस्दा पाँच जनाको च्यापिएर मृत्यु भएको असई इन्द्र घिसिङले बताए। गाडीमा ३० जनाभन्दा बढी यात्रु भएको प्रहरीले जनाएको छ।
ट्राफिक कार्यालय चितवनका प्रहरी निरिक्षक बेदप्रसाद गौतमकाअनुसार बस ट्रकसँग ठोकिएर दुर्घटना भएको बताए। बस ना ५ प ७४०९ नम्वरको ट्रकसँग ठोक्किएको थियो। वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

pahilopost
Related