चितवनको चुम्लिङटार दुर्घंटनाका घाईतेको पोखरा र चितवनमा उपचार हुदै
/११ श्रावण २०७५, शुक्रबार १४:०२ , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा । काठमाण्डौंबाट पोखरा तर्फ आउदै गरेको बस चुम्लिङटार स्थित त्रिशुलीमा खस्दा घाईते भएकालाई उपचारका लागि पोखरा ल्याईएको छ । एन्फा स्याङजाका पूर्व अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य लालबहादुर ज्वारचनलाई उपचारका लागि पोखरा ल्याईएको हो ।
उनको पोखराको गैरापाटनस्थित फिस्टेल अस्पतालमा उपचार भैरहेको छ । घाइतेलाई सुरुमा उपचारका लागि मनिपाल शिक्षण अस्पतालमा लगिएपनि सिटी स्क्यान मेसिन बिग्रीएका कारण सेवा उपलब्ध नभएपछि फिस्टेल लगिएको हो ।
गण्डकी प्रदेशका मुख्य ठूला अस्पताल पोखरा स्वास्थ्य प्रतिष्ठान र मनीपाल दुवै अस्ततालमा सिटिस्केन विग्रएकाले बिरामीले लामो समयदेखि सास्ती देप्दै आएका छन।
घाइते ज्वारचनको अहीले फिष्टल अस्पतालमा उपचार भईरहेको छ। उनी खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।सो दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
मृतकमध्ये पाल्पा बेगनास कालिका गाँउपालिका बस्ने ३२ बर्षीय अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिका ५ का २७ बर्षीय सुमित श्रेष्ठ, तनहँु भन्सारकी २७ बर्षीया कमला श्रेष्ठ, काठमाण्डौका ३० बर्षीय रबिन गुरुङ र तनहुं केशवटारका ४० बर्षीय बाबुराम तिवारीको सनाखत भएको छ ।
बालक, उपचारको क्रममा मृत्यु भएका एक र एक महिलाको सनाखत हुन बाँकी रहेको चितवनका प्रहरी प्रवक्ता (डिएसपी) प्रभु ढकालले जानकारी दिएका छन।
काठमाडौंबाट पोखरा जांदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुक्लिङटारबाट त्रिशुली नदीमा खसेको हो । सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाँदा बस त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
उद्धारकर्ताका अनुसार बस खोँचमा अड्केका कारण नदीमा पुग्नबाट रोकिएको हो । डोरीको सहायताबाट उद्धार गरिको प्रहरीले बताएको छ । घाइते मध्य ७ जनाको पुरानो मेडिकल कलेज भरतपुर,४ जनाको मनकामना अस्पताल भरतपुर, ५ जनाको पोखरा र १ जनाको मलेखुमा उपचार भैरहेको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए।
घाइते मध्य ६ जनाको अबस्था गम्भीर छ भने अन्यको सामान्य छ । ठक्कर दिने ट्रक चालकलाई जोगीमारा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
शुभेच्छा न्यूज
पोखरा । काठमाण्डौंबाट पोखरा तर्फ आउदै गरेको बस चुम्लिङटार स्थित त्रिशुलीमा खस्दा घाईते भएकालाई उपचारका लागि पोखरा ल्याईएको छ । एन्फा स्याङजाका पूर्व अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य लालबहादुर ज्वारचनलाई उपचारका लागि पोखरा ल्याईएको हो ।

Related