मिडियाका सम्पादकप्रति सञ्चार मन्त्री बाँस्कोटाको आक्रोश
/१३ श्रावण २०७५, आईतवार १३:१० , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । नेपाल सरकारका सुचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संचारमाध्यमका सम्पादकहरुले स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसेका डाक्टर गोविन्द केसीलाई साथ दिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन्।
नेपाल पत्रकार महासँघ कास्कीद्धारा पोखरामा आइतवार आयोजित दयाशंकर स्मृती राष्ट्रिय पत्रकारीता सम्मान कार्यक्रममा बोल्दै मन्त्री बास्तकोटाले सम्पादकले कुनै व्यक्तिको पक्षमा सम्पादकीय नखेली वक्तव्य नै जारी गर्ने प्रबृती बढेको भन्दै असन्तुष्टि जनाए। ।
‘कुनै पक्षमा सम्पादकहरु हुन सक्छन् तर वक्तव्य दिन्छन् जस्तो लाग्दैन,’ मन्त्री बाँस्कोटाले भने ‘कुनै व्यक्तिको पक्षमा सम्पादकीय पक्ष हुन सक्छ तर वक्तव्य नै जारी गर्ने कस्तो स्वतन्त्रता हो ।’
नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको दयाशंकर स्मृती पत्रकारीता पुरस्कार धर्मेन्द्र झालाई प्रदान गर्दै उनले मिडाया आरोपकर्ता नभई आलोचक बन्नु पर्ने बताएका हुन्। ‘पत्रकारिताको स्वरुप बद्लिन्छ तर यसको मुलमन्त्र कहिल्यै बद्लिदैन’ उनले भने। ‘यस्तो प्रबृत्तीको कहिलै पनि अन्त्य हुदैन,।’ मानब जीवन रहेसम्म स्वतन्त्रता चाहान्छ,, जहा स्वतन्त्रताको प्रश्न आउँछ त्यहा अस्तित्व जर्बजस्त जिबन्त रहुन्छ।’
मन्त्री बाँस्कोटाले अनलाईन संचारमाध्यमलाई पनि मूल पत्रकारिताको विषयभित्र ल्याउने गरि कानुन बनाउने प्रतिबद्धता ब्यक्त गरे ।
उनले सामाजिक सञ्जाल र अनलाइन एउटै हो भन्ने सन्देश जनमानरमा रहेका कारण पनी अनलाइनलाई व्यवस्थीत गर्नका लागि काुननी प्रावधान ल्याउन पहल भैरहेको बताए। ‘सामाजिक सञ्जाल र अनलाईन एउटै हो भन्ने सन्देश गएको छ, तर, सामाजिक सञ्जाल र अनलाइन एउटै होइन।’ उनले भने।
मन्त्री बस्कोटाले समानुपातिक विज्ञापनसँग सम्बन्धित ऐन आउन थालेको उल्लेख गर्दै बारम्बार पत्रकारिता क्षेत्रले उठाउँदै आएको समानुपातिक विज्ञापन नीति अन्तर्गतको विज्ञापन ऐन छिट्टै ल्याईने समेत बताए। उनले साना मिडियालाई पनि रक्षा गर्ने गरी ऐन ल्याउन बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष समेत रहेका पत्रकार धर्मेन्द्र झालाई मन्त्री बाँस्कोटाले नगद २५ हजार, दोसल्ला, प्रमाणपत्रले सम्मान गरेका थिए ।

Related