बागलुङबाट पोखरा जाँदै गरेको माइक्रो र बस ठोकिदा ११ जना घाईते
/१४ श्रावण २०७५, सोमबार १३:२९ , प्रकाशीत
शुभेच्छा न्यूज
बागलुङ / पर्वतको कुश्मा नगरपालिका २ अर्मादीमा बस र जिप आपसमा ठोकिँदा ११ जना घाइते भएका छन् ।बागलुङबाट पोखराको लागि छुटेको ग १ ज ६३०२ नम्बरको यात्रुबहाक माइक्रो बस र पोखराबाट बागलुङ जाँदै गरेको ग १ ख ६००४ नम्बरको बस आपसमा ठोकिएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक महेन्द्र रानाभाटका अनुसार घाइते भएका सबै जनाको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ ।साँघुरो र घुम्ती रहेको स्थानमा दुवै सवारीसाधन तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको पनि ट्राफिक प्रहरी प्रमुख रानाभाटले जानकारी दिए । घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको छ भने अन्य ८ जनाको अवस्था मध्यम छ ।
प्रहरीका अनुसार चालकसहित अन्य २ जनालाई अनुहार र खुट्टामा गम्भीर चोट लागेका छ । दुर्घटनामा परेका दुवै सवारीलाई जिल्ला प्रहरी कार्यालय पर्वतमा राखिएको छ ।

Related