कास्कीमा नयाँ सिडिओको पदवहाली संगै नयाँ उर्दी : सरकारी कार्यालयमा बिचौलिया निषेध
तपाईको प्रतिक्रिया





पोखरा /कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले स्थानीय सरकार र प्रदेश सरकारको कामको बिषयमा अझै अन्यौल भएको बताएका छन् ।
साउन १५ गते पद बहाल भए पछि बुधबार पत्रकार सगँ कुराकानी गर्दै बुढाले सबै कानुन बनि नसकेका कारण अन्यौलता रहेको सुनाए ।
उनले सेवा प्रवाहमा सम्बन्धि समस्या लिएर सेवाग्राही आएमा तुरुन्तै कारबाहि गरिने बताए ।‘कार्यालयमा फोन सम्पर्क, ईमेल एसएमएस गर्न पनि सक्नुहुन्छ,’ उनले भने, ‘कार्यालयमा सुचना शाखामा बुझेर सिधै कार्यालय प्रमुखलाई पनि भेट्न सक्नुहुन्छ ।’ कार्यालयमा बिचौलियाको प्रवेश बन्द गर्ने उनले बताए ।
फेवाताल तथा सार्वजनिक जग्गा अतिक्तमण जस्ता समस्यालाई पनि महानगरको निर्णय पछि समन्वय गरेर कार्यान्वयनमा ल्याउने उनले सुनाए । यातायातमा लगायतका सिन्डिकेट अन्त्यको लागि जिल्ला स्तरमा कडा रुपमा कायान्वयन गर्छौ ।
कर, उद्योग, कार्यालय, ट्याक्सी मिटर, मेनपावर लगायतका समस्यालाई पनि निराकरण गर्ने उनले सुनाए ।
Related