शुभेच्छा न्यूज
पोखरा । पोखराबाट चितुवाको छाला सहित ३ जना पक्राउ परेका छन्। चितुवाको छाला लुकाई राखेको अवस्थामा उनीहरुलाई प्रहरी सहित जिल्ला वन कार्यालय कास्कीका कर्मचारीको टोलीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सहित प्रदेश प्रहरीको क्षेत्रीय अनुसन्धान समुह र जिल्ला वन कार्यालयको संयुक्त टोलीले आइवार पोखरा ७ अन्नपूर्ण मार्गबाट उनीहरुलाई पक्राउ गरेको हो ।
चितुवाको छाला विक्री गर्न ग्राहक खोजि रहेको भन्ने सूचनाको आधारमा टोलीले अन्नपूर्ण मार्गको एक घरमा लुकाइ राखिएको अवस्थामा चितुवाको २ थान छाला सहित ३ जनालाई पक्राउ गरेका हो ।
पक्राउ पर्नेमा बाग्लुङ्ग तारा खोला गाउँ पालिका ५ खुंखानीका २३ बर्षिय ज्ञानेन्द्र सेन्चुरी, वडा नम्बर ७ का देवेन्द्र रसाइली र वडा नमम्बर ६ का २५ बर्षिय झलक छन्त्याल रहेका छन् ।
पक्राउ परेका तीन जना अभियुक्त लाई नै चितुवाका छाला सहित आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय कास्कीमा बुझाइएको छ ।

Related