• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कतारले नेपाललाई विश्वकपको रंगशाला उपहार दिने

  •      /१९ श्रावण २०७५, शनिबार १०:५५ ,  प्रकाशीत
  • काठमाडौं। सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले नेपाललाई रंगशाला उपहार दिने इच्छा देखाएको छ । विश्वकप खेलाइने मध्ये एक रंगशाला उसले नेपाललाई उपहार दिने संकेत देखाएको हो ।

    कतारमा विश्वकप फुटबलका लागि १२ वटा रंगशाला निर्माण भइरहेका छन् । त्यसमध्ये केही स्थानान्तरण गर्न मिल्ने किसिमका छन् । स्थानान्तरण गर्न मिल्ने रंगशाला कतार सरकारले विश्वकपपछि अविकसित देशलाई हस्तान्तरण गर्ने योजना बनाएको हो । जसमा नेपालको पनि सम्भावना छ ।

    छलफलका क्रममा कतारी अधिकारीहरुले रंगशाला उपहार दिने मनसाय देखाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले बताए । ‘छलफलका क्रममा रंगशाला उपहार दिने कुरा भएको हो, तर उताबाट निर्णय भइसकेको छैन’ सचिव दाहालले नेपाल लाइभसँग भने ।

    विश्वकपपछि कतारमा १२ वटा रंगशाला उपयोग नहुने भएकाले केही रंगशालाहरु उपहार दिन लागिएको हो ।

    यसबारे परराष्ट्र मन्त्रालय र खेलकुद मन्त्रालयका अधिकारीहरुसँग समेत काठमाडौं स्थित कतारी दूतावासका अधिकारीहरुले छलफल गरिसकेको स्रोत बताउँछ । पोखरा वा बुटवलमा सो रंगशाला राख्ने बारे समेत छलफल भइसकेको छ।

    कतारका सबैजसो रंगशाला निर्माणमा हजारौं नेपाली श्रमिक सहभागी भएकाले पनि कतारले नेपाललाई रंगशाला उपहार दिने सम्भावना छ । ‘यसका लागि हाम्रो कूटनीतिक पहल पनि उत्तिकै महत्वपूर्ण हुनेछ।’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने
    ।nepal live

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.