पर्वतको कुस्माबाट दुई दिनदेखि विद्यालयका प्रधानध्यापक बेपत्ता
/१९ श्रावण २०७५, शनिबार १६:२९ , प्रकाशीत
शुभेच्छा न्यूज
पर्वत/पर्वतको कुश्मा नगरपालिका ९ घर भई पर्वतकै मोदी गाउँपालिका ६ दोविल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानध्यापक ५९ बर्षिय शिवप्रसाद पौडेल साउन १८ गते शुक्रबार विहानदेखि बेपत्ता भएका छन् ।
शुक्रबार विहान पुजापाठ गर्न भनी मन्दिर गएका पौडेल शनिबार सम्म घर फर्केका छैनन् । करिव ३८ बर्ष शिक्षण पेशामा संलग्न रहेर १७ बर्षदेखि हरि प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएका पौडेल घर नफर्केपछि उनका भाई दिवाकर पौडेलले खोजि कार्यमा सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका छन् ।
शनिबार विहान सम्म आफन्तहरु समेत सोधपुछ गर्दा कुनै अत्तोपत्तो नभएपछि खोजि कार्यका लागि प्रहरीलाई अनुरोध गरेको निवेदक दिवाकर पौडेलले जानकारी दिए । उनले घर परिवारमा पनि कुनै झैझगडा मनमुटाव नरहेको स्पष्ट पारे ।
जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी दिलिप घिमिरेले निवेदनका आधारमा वेपत्ता शिक्षक पौडेलको खोजि कार्य जारी राखिएको बताए ।
newsdabaki

Related