सभापति देउवा र उपसभापति निधि पंगेनीलाई श्रद्धाञ्जली दिन स्याङ्जा जाँदै
/२० श्रावण २०७५, आईतवार ०५:४७ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा ।नेपाली कांगेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि आज दिउँसो स्याङ्जा जाँदैछन् ।
जिल्ला सभापति कमलप्रसाद पंगेनीको निधन भएपछि सभापति देउवा, उपसभापति विमलेन्द्र निधि लगायतका शीर्ष नेताहरु स्याङ्जा जान लागेका हुन् ।
हृदयघातका कारण निधन भएका पंगेनीको शबलाई अन्तिम श्रद्धाञ्जलीका लागि स्याङ्जा पार्टी कार्यालयमा राखिएको छ । उनको भोलि अन्त्यष्टि गरिने स्याङ्जा कांग्रेसले जनाएको छ ।
यसैबीच, सभापति देउवाले पंगेनीको निधनले पार्टीलाई ठूलो क्षति भएको बताएका छन् । पंगेनीको निधनप्रति दुःख व्यक्त गर्दै उपसभापतिले निधिले नेपाली कांग्रेसले सच्चा सिपाही गुमाएको उल्लेख गरेका छन् ।

Related