• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पंगेनीको निधनले शोकमा डुव्यो स्याङ्जा

  •      /२० श्रावण २०७५, आईतवार १३:४१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    स्याङ्जा। नेपाली कांग्रेस स्याङ्जाका सभापति कमल प्रसाद पंगेनीको ५६ वर्षको उमेरमा ह्दयघातबाट निधन भएको छ। भीरकोट नगरपालिकास्थित एक कार्यकर्ताको घरमा शनिबार राती सुतिरहेको अवस्थामा ह्दयघातबाट उनको मृत्यु भएको हो।

    सभापति पंगेनीको निधनले स्याङ्जा काँग्रेस मात्रै नभएर स्याङ्जावासी शोकमा डुवेको छ।

    स्याङ्जाको साविक खिलुङ्देउराली गाविस हालको भीरकोट नगरपालिका ६ मा २०१९ साल जेष्ठ १९ गते जन्मिएका पंगेनी २०३३ सालदेखि नेपाल विद्यार्थी संघ मार्फत राजनीतिक आन्दोलनमा होमिएका थिए ।

    उनी संविधानसभाको दोस्रो निर्वाचन २०७० मा नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं. २ बाट विजयी भएका थिए ।

    राजनीतिको छोटो सयममै २०४२ सालमा पंगेनी नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य बनेका थिए । कांग्रेस स्याङ्जाको राजनीतिमा प्रतिभाशालि नेतामा रुपमा देखिएका पंगेनी २०६०, २०६७ र २०७२ मा गरि तीन पटक स्याङ्जा कांग्रेस सभापति बन्न सफल भएका थिए । अन्तरजातिय प्रेम विवाह गरेका पंगेनीका एक श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।

    नेपाली कांग्रेस स्याङ्जाको पार्टी कार्यालय परिसरमा राखिएको पंगेनीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोईराला, शेखर कोइराला, गोपालमान श्रेष्ठ, नेता धनराज गुरुङ्, नेता गगनकुमार थापा, नेता प्रदिप पौडेलले श्रद्धान्जली अर्पण गरेका थिए ।

    श्रद्धान्जली अर्पण गर्दै कांग्रेस सभापति देउवाले पंगेनीको निधनले कांग्रेस र देशलाई अपुरणीय क्षति पुगेको बताए । लोकतान्त्रिक बाटोबाट जनताको विकासमा पंगेनीले लिएको मार्ग मार्फत जनताको सेवामा आफूहरु समर्पित भएर लाग्ने देउवाले बताए । देउवाले एक लोकतन्त्रको पहरेदार गुमाएकोमा दुःख व्यक्त गरे ।

    सभापति पंगेनीको निधनले स्याङ्जा काँग्रेस शोकमा डुवेको छ। स्वर्गिय पंगेनीको पार्थिव शरिरलाई जिल्लाका विभिन्न क्षेत्रका ठुलो संख्यामा पाटी कार्यकर्ता, शुभेच्छुक, इष्टमित्र लगायतले श्रदाञ्जली दिएका थिए ।
    hamrokura

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.