गण्डकी प्रदेशका अर्थमन्त्री गुरुङको आग्रह कर तिरेर मुलुक समृद्ध बनाऔं
/२१ श्रावण २०७५, सोमबार ०७:४६ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जनता सचेत भएर कर तिरेमात्र मुलुक समृद्ध बन्ने बताएका छन्।
नेपाल अडिटर्स एसोसियनको १३औं स्थापना दिवसमा पोखरामा आयोजित कार्यक्रममा मन्त्री गुरुङले मुलुक बिकासित र समृद्ध बन्न नागरिकहरु सचेत भएर कर तिनु पर्ने बताएका हुन।‘हामी समृद्ध देश चाहन्छौं, कर तिर्नै नपरे हुन्थ्यो भन्ने सोचाइ राख्छौं,’ उनले भने, ‘कर नतिरेर देश कसरी समृद्ध हुन्छ’?
कर सम्बन्धी जनतामा नकारात्मक धारणा बसेकाले यस्तो समस्या आएको उनले बताए।‘सामाजिक सञ्जालहरुको नकारात्मक टिकाटिप्पणीहरुमै समय बिताउने गरेका छौं, हरेक राम्रा कुराको समेत नराम्रा टिप्पणी गर्ने बानी हामीमा परि सकेको छ।’उनले भने, ‘करको मामिलामा खर्च बढ्ने मात्रै हो,
नेताहरुले आफैं भ्रष्टाचार गर्छन्, केही सेवा दिंदैनन् भन्ने धारणाको विकास गरेका छौं।’कर तिर्ने बेला हरेक नागरिकले झुक्याउने वा छल्न खोज्नेतिर नलागी इमान्दारिता देखाउन मन्त्री गुरुङले आग्रह गरे।
‘कर नतिर्ने नागरिक, नागरिक हुन सक्दैन, नागरिकता पाएर मात्रै नागरिक हुन्छौं भन्ने होइन। कर तिरेर सच्चा नागरिक बन्ने तर्फ सोचौंं,’ उनले भने।

Related