पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बाम गठबन्धनका तर्फबाट प्रदेश नं ४ मा मनोनयन दर्ता गराएका स्याङजाका रामबहादुर थापाको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरिदिएको छ ।
एमाले नेता थापाले वाम गठबन्धनको तर्फबाट प्रदेश ४ बाट अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका थिए ।
उमेदवार थापाले परिचयपत्र नविकरण नगरेको खुलेपछि उम्मेदवारी रद्द गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
थापाले २७ असार २०६२ मै अपाङ्गताको परीचयपत्र लिएका थिए । तर, नयाँ निर्दे्शिका अनुसार नयाँ परिचय पत्र बनाएका थिएन्।
कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार तनहुँका प्रकाश पन्तले थापाविरुद्ध मूख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको पोखरामा उजुरी दिएका थिए ।
अपांगता परिचय पत्र पुरानो भएकाले मान्यता दिन नहुने भन्दै पन्तले थापाको उम्मेदवारी बदरको माग गरेका थिए ।
उम्मेदवारी दर्ताको दुई दिनपछि मात्र नयाँ परीचयपत्र बनाएको पाइएपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको हो ।
उजुरी परेपछि थापाले सोही परिचयपत्रका आधारमा अहिलेसम्म राज्यका निकायबाट पाईने सुविधा लिएको, नयाँ निर्दे्िशका अनुसार नयाँ कार्डका लागि प्रक्रियामा रहेकाले ढिलाई भएको भन्दै सफाई पाउनुपर्ने दलीलसहित कागजात पेश गरेका थिए ।

Related