पोखरा / पोखराका ३ वटा कम्पनीका पानीमा कोलिफर्म भेटिएको छ । मानव स्वास्थ्यलाई गम्भिर असर गर्ने कोलिफर्मको जिवाणू पिउने पानीमा भेटिएपछि कम्पनीमा सिलबन्दी गरिएको छ ।
मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने कोलिफर्मको जिवाणू पिउने पानीमा भेटिएपछि प्रशासनले कम्पनीमा सिलबन्दी गरेको छ । साउन १८ गते स्याम्पल लिएका ५ वटा कम्पनी मध्ये २ वटामा कोलिफर्म भेटिएकोे हो ।
यसअघि असारमा ५ वटा कम्पनीको पानीको नमुना परीक्षण गर्दा हेमजामा उत्पादित ‘टुडे’ ब्राण्डको पानीमा कोलिपर्म भेटिएको थियो । साउन २२ गते अरु नमुनाको रिपोर्ट आएको थियो ।
‘अनुगमनका क्रममा तीन वटा कम्पनीका पानीमा मानवीय स्वास्थ्यमा गम्भीर असर पार्ने कोलिफर्म भेटिएपछि कम्पनीमा सिलबन्दी गरेका छौं,’ कास्कीका सहायक सिडिओ गंगाबहादुर क्षेत्रीयले भने, ‘अब कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं ।’
अन्नपूर्ण पानी उद्योगको ‘अन्ना’ ब्राण्डको पानीमा र धिताल नेचुरल पानी उद्योगको ‘धिताल’ ब्राण्डको पानीमा कोलिफर्म भेटिएको अनुगमनमा खटिएका उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।
‘तीन वटै कम्पनीका जारको पानीमा कोलिफर्म देखिएको छ,’ कोइरालाले भने, ‘दैनिक प्रयोग हुने पिउने पानीमा कोलिफर्म देखिनु कम्पनीको लापारबाही हो ।’ जारमा कोलिफर्म देखिए पनि बोत्तलको पानी भने पिउन योग्य रहेको कोइरालाले बताए ।
कोलिफर्ममा हैजाकोे जिवाणू हुन्छ । जसले गर्दा विभिन्न रोगहरु लाग्छन् । पोखराका अन्य कम्पनीका पानी पनि परीक्षणको क्रममा रहेको कोइरालाले जानकारी दिए ।
शुभेच्छा न्यूज

Related